नेप्से सूचक २२ सय अंकमा उक्लियो,साताको अन्तीम दिन ७ अर्ब बढीको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से सूचक २९.२१ अंकले वृद्धि हुँदै २२ सय ४.६१ विन्दुमा उक्लिएको छ । केही दिन यताको लगातार वृद्धिसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको हो ।
आज कारोबार रकममा समेत उच्चता आउँदै ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ बराबरको २ करोड कित्तामाथि सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहीबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.९० अंकले बढ्दै ३९१.६६ विन्दुमा उक्लिएको छ । १३ वटा उपसूचकमध्ये बिहीबार माइक्रोफाइनान्स र ट्रेडिङ समूह बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक बिहीबार ३.०६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक २.४२ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.४३ प्रतिशतले बढेको छ ।
यता माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक भने बिहीबार क्रमशः ०.५३ प्रतिशतले र ०.३९ प्रतिशतले घट्न पुगेका छन् । बिहीबार १५५ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












