ताजा समाचार

प्रधानमन्त्री पदमुक्त भएको पत्र पुग्यो राष्ट्रपति कार्यालय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी संसद सचिवालयले राष्ट्रपतिलाई गराएको छ।

सभामुख देवराज घिमिरेले पुष्पकमल दाहालले विश्वासको मत नपाएर पदमुक्त भएको जानकारी पत्र शीतल निवास पठाएका हुन्।

१३८ मत आवश्यक पर्नेमा ६३ मात्र पाएर प्रधानमन्त्री पदमुक्त भएकाले नयाँ सरकार गठनको आह्वानका लागि मत परिणामसहितको जानकारी शीतल निवास पठाएको संसद सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org