डोरी बेचेरै परिवारको जीविका चलाउँछन् असी वर्षीय बन्धु राना
कञ्चनपुर, २४ साउन । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा तीस हजार बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा सिमेन्ट राख्न प्रयोग भएका खालि बोरीहरु खरिद गरी उहाँले त्यसको धागो निकाली त्यसबाटै डोरी बाटने९बनाउने० गरेका छन ।
डोरी बलियो र देख्नमा आकर्षक हुने भएकाले ग्राहकले सहजै किन्ने गरेका छन । एउटै डोरी रु दुई सय देखि रु पाँच सय सम्ममा बिक्री हुने गरेको छ । “घरमै बसेर डोरी तयार गर्छौ” उहाँले भन्नुभयो, “तयार भएको डोरी काँधमा बोक्दै गाउँ गाउँ पुरयाएर बिक्री गर्दै आएको छु ।”
दैनिक रु एक हजार जतिको डोरी बिक्री हुने गरेको उहाँ बताउनु हुन्छ । डोरी बेच्नकै लागि विहानीको खाना खाएर गाउँ चहार्दै हिडने राना साँझ अवेर मात्रै घर फर्कने गर्दछन । डोरीमा रानाले छडकी, वरहा, घाँस बोक्ने जाल, मुखडा, नाथ लगायत बनाउने गर्दछन । सबै भन्दा बढी बिक्री हुने डोरीमा छडकी रहेको छ । गाई गोरु बाध्नका लागि प्रयोग हुने छडकीको ग्राहकले बढी माग गर्ने रानाले बताउनुभयो । डोरी बनाउन रानाले २० वर्षको उमेरमै सिकेका हुन । “धेरै परिवार हँदा आर्थिक अभाव सधैं भैरहन्थ्यो” उहाँले भन्नुभयो, “त्यै भएर लेखपढ गर्ने अवसर पाउने कुरै भएन, त्यस बेला लेखपढ पर्ने खासै चासो पनि हँुदैनथ्यो, गोठालो जान्थे, अरुले डोरी बनाएको देखेर त्यसबाटै सिके । पहिला बावियो, सनपाट, जुटको डोरीको प्रयोग बढी हुने गरेको थियो । खेतवारीमै डोरीका लागि जुट, सनपाटको खेती किसानले प्रशस्त रुपमा गर्दथे । जव देखि बजारमा प्लाष्टिका डोरी आए त्यस पछि किसानले जुट र सनपाटको खेती गर्ने कार्य छाडे । ” जुट र सनपाटको खेती हुन छाडेपछि विकल्पमा प्लाष्टिका बोरीहरु खरिद गरी त्यसबाटै डोरी बनाउने कार्य थालेको उहाँ बताउनुहुन्छ ।
व्यवसायीक रुपमा डोरी बनाएर बिक्री गर्ने कार्य ४० वर्षको उमेर पछि गर्न थालेको उहाँको भनाई रहेको छ । घरमा कोही विरामी परे, पैसाको अत्यन्तै जरुरी परेका बेला परिवारलाई उहाँले सहयोग गर्नु हुन्छ । विवाह गरेको दुई वर्षमै श्रीमतीको देहवसान भएपछि रानाले दोश्रो विवाह भने गर्नु भएको छैन । जेठो दाजुको घरमा उहाँ बस्दै आउनु भएको छ । डोरी बेचेकै पैसाले रानाले जेठो दाजुको छोराका लागि मोटरसाइकल खरिद गरिदिएका छन् । “मोटरसाइकल किन्न थोरै रकम मैले जुटाए” डुठ्ठा रानाले भन्नुभयो, “दुई लाख रकम डोरी बेचेर आएको रकम बाजेले व्यहोरे ।” परिवारलाई आवश्यकता परेका बेला उहाँले आर्थिक सहयोग गर्दानै परिवार चलाउन सहज भएको डुठ्ठाको भनाइ रहेको छ । “घरमा ठुलो काम गर्दा लाग्ने पैसा उहाँलेनै दिनु हुन्छ” उहाँले भन्नुभयो, “स–सानो काममा भने पैसा दिन कञ्जुस्याइ गर्नु हुन्छ । उमेर छदा डोरी बेचेर महिनामै रु ५०÷६० हजार सम्म पनि कमाउथे, उमेर ढल्कीदै जाँदा कमाइ पनि घटेको छ, ।”
घर खर्च संगै आफुलाई आवश्यक भएको लुगाफाटो,जुत्ता,चप्पल, औषधपचार लगायतको खर्च डोरी बेचेर आएको रकमबाटै व्यहोर्दै आउनु भएको छ । आफुलाई चाहिने खर्च अरु संग मागेको अहिले सम्म नदेखेको डुठठा बताउनु हुन्छ । “हामीले आपतविपत परेका बेला उहाँ संग पैशा माग्छौं उहाँले अहिले सम्म हामी संग पैशा माग्नु भएको छैन” उहाँ भन्नु हुन्छ । पूर्व वडा अध्यक्ष जगता राना पौरख गरेर खाने स्वावलम्बी व्यक्तिका रुपमा आफुले बन्धुलाई चिनेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ,“व्यवसायीक कार्यलाई निरन्तर गरे पैसाका लागि अन्यको मुख ताक्नु नपर्ने पाठ उहाँबाट आजका युवाहरुले सिक्नु पर्ने हुन्छ ।”
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...