दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालनमा ल्याउने नीति राम्रो : अध्यक्ष डा कार्की
काठमाडौं । नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका स्वास्थ्य सेवा प्रदायकले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक भएको बताएका छन् । उनी भन्छन्, ‘अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने नीति सकारात्मक छ, कार्यान्वयनमा कसरी गरिन्छ , त्यो हेर्न बाँकी छ । कार्यान्वयन पेचिलो हुन्छ । ‘
अध्यक्ष डा. कार्कीले मन्त्रालयले दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, उपकरण ,भौतिक पूर्वाधार सहित बजेट वृद्धि गर्नुपर्छ भने । उनले भने, ‘अस्पताल विकास समितिले जनशक्तिमा लगानी गर्नुपर्यो । सरकारले पनि दरबन्दी थप्नुपर्यो ।’ सरकारमा राजनीतिक नेतृत्व परिवर्तन भइरहँदा नयाँ कार्यक्रम आउने गरेको जनाउँदै उहाँले यस्ता कार्यक्रमको गहिराइ अध्ययन गर्नुपर्ने बताए।
स्वास्थ्य मन्त्रालयले दुई सिफ्टको बहिरङ्ग सेवा सञ्चालनको के उद्देश्यले ल्याएको हो रु भन्ने आफूहरू स्पष्ट नभएको जनाउँदै उनले भने, ‘दुई सिफ्टमा जनतालाई सेवा दिएर पहुँच बढाउँछु भन्ने त राम्रो हो । तर यसको प्राविधिक पाटो र जनशक्तिको पाटो मुख्य कुरा हुन् ।’ स्वास्थ्य मन्त्रालयलाई हेर्दा अहिले जनशक्तिको व्यवस्थापनमा ध्यान नदिएको जस्तो देखिएको भन्दै अध्यक्ष डा कार्कीले भने, ‘किनकि त्यही जनशक्तिले धेरै समय काम गर्नु, समय बढाएर काम गर्नु, गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कल्पना नै गर्न नसकिने विषय हो ।’ सेवाको समय बढेपछि बिरामीको चाप पनि थपिने र सेवाको चाप पनि थपिने उनको भनाइ छ ।
विकसित मुलुकहरूको उदाहरण दिँदै अध्यक्ष डा कार्कीले भने, ‘संसारका विकसित मुलुकमा पनि वेटिङ (पालो कुर्ने)प्रणाली छ । बेलायतमा हेर्ने हो भने बीमा (इन्स्योरेन्स) ले गर्दा छ महिनादेखि एक वर्षको वेटिङ लिस्ट हुन्छ । अमेरिकामा पनि त्यस्तै छ ।’ एटिएमले पैसा दिए जस्तै तुरुन्त सेवा दिनुपर्छ भन्ने गलत धारणा बोकेर हामी हिँडिरहेको जनाउँदै उनले भने, ‘उपचार कुनै इमर्जेन्सी (आकस्मिक) हुन्छ, त्यसलाई तुरुन्त दिनुपर्छ, कुनै ढिलो उपचार गर्दा पनि घाटा नहुने हुन्छ ।’
बहिरङ्ग सेवालाई मात्रै हेरेर अस्पतालको कुरा गरेर नहुने भन्दै उनले बहिरङ्गबाहेक चिकित्सकले दिने सेवा धेरै भएको बताए। अन्तरङ्गमा भएका बिरामी, शल्यक्रिया, औषधि व्यवस्थापन, अन्य परीक्षणलगायत धेरै काम अस्पतालमा चिकित्सकले गर्नुपर्ने उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...