तालिबान सरकारद्वारा ‘सद्गुण र अवगुण’ कानून लागु
काबुल। अफगानिस्तानका तालिबान अधिकारीहरूले इस्लामिक कानूनको कडा व्याख्याका आधारमा व्यवहार र जीवन शैलीका नियमहरूको विवरण दिने कानूनहरूको संहिताकरण घोषणा गरेका छन् । जुलाई ३१ को आधिकारिक राजपत्रमा प्रकाशित ३५ अनुच्छेदको कानूनले अफगानिस्तानमा पहिले नै सामान्य रूपमा चिनिने निषेधहरू स्थापित गर्दछ तर यसको कानूनले जनसङ्ख्यामाथि नियन्त्रण बढाउन सक्छ ।
उक्त कानूनलाई तालिबानका सर्वोच्च नेता एकान्तवादी हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गर्नुभएको न्याय मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमा घोषणा गरेको थियो । अखुन्दजादाले दक्षिणी सहर कान्दहारबाट शासन गर्नुहुन्छ । सन् २०२१ मा तालिबान अधिकारीहरू सत्तामा आएपछि सद्गुणको प्रचारप्रसार र कानून लागु गर्ने जिम्मेबारी पाएका मन्त्रालयका सेतो कोट लगाउने कर्मचारीहरू अफगान सडकहरूमा तैनाथ रहेका छन् ।
सामाजिक अन्तरक्रिया, व्यक्तिगत जीवन र पहिरनको शैलीदेखि लिएर मुद्दाहरूमा उनीहरूको जनादेश अब कानूनमा निर्धारण गरिएको छ । जुलाईमा प्रकाशित संयुक्त राष्ट्रसङ्घको प्रतिवदेनअनुसार नैतिकता प्रहरीले अफगानिस्तानमा धार्मिक कानून लागू गर्न बढ्दो भूमिका निर्वाह गर्ने तालिबान सरकारले हालै बताएको थियो ।
‘महरम’ नभएका पुरुष सामान्यतया इस्लामअन्तर्गत पति, भाइ, पिता, पुत्र, हजुरबुबा वा काका तथा गैरमुस्लिम महिलाहरू वरपर ‘मुस्लिम महिलाहरू आफ्नो अनुहार र शरीर ढाक्न बाध्य हुने’ व्यवस्था कानूनले विशेष रूपमा निर्धारण गरेको छ । “परिपक्व महिलाले कुनै आवश्यकताका कारण आफ्नो घरबाट बाहिर निस्कनुपर्दा आफ्नो अनुहार र शरीर ढाक्न तथा आवाज नसुनियोस भन्ने सुनिश्चित गर्न बाध्य हुनुपर्छ ।”
पुरुषहरूलाई घुँडाभन्दा माथि कमिज नलगाउन वा दारी नियालेर नकाट्न निर्देशन दिइएको छ । कुनै सङ्गीत नसुन्न, कुनै लागु पदार्थ, कुनै महरमबिनाका पुरुषहरूको उपस्थितिमा अनावरण गरिएका महिलालाई यात्रा नगराउन सवारी चालकहरूलाई निषेध जारी गरिएको छ । अन्य नियमहरूमा समलैङ्गिकता, प्रार्थना नगर्ने, व्यभिचार, जुवा, जनावरहरूलाई लडाउने वा कसैका बुबाआमाको अवज्ञा गर्ने साथै कम्प्युटर वा फोनमा जीवित प्राणीहरूको छवि सिर्जना गर्ने वा हेर्न प्रतिबन्ध समावेश छन् ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...
-
देशका अधिकांश भागमा मौसम सफा रहने
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
आजको राशिफल: २०८१ साल असोज २ गते बुधवार
मेषः चिताएको मूल्य प्राप्त नभए पनि प्रयत्न गर्दा ऋणमोचन हुनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...