भ्रष्टाचारमा पल्केका बीपी प्रतिष्ठानका भीसी, जताततै अनियमितता र कानुनको उल्लंघन
काठमाडौँ (सजीव कालाखेती)। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी अनियमितता र भ्रष्टाचारको पर्याय बनेका छन् । मातृशिशु भवन निर्माण सम्पन्न नभई भेन्टिलेटर खरिद गरेर अनियमितता गरेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला अर्को प्रकरण बाहिर आएको हो ।
मातृशिशु भवनकै लागि आवश्यक बेड तथा भौतिक पूर्वाधार खरिदमा उनले बोलपत्र आह्वान गरेका छन् । २०८१ साउन १० गते आह्वान भएको विद्युतीय बोलपत्रअनुसार ३ करोड ५० लाखको बिड बोन्ड नै राखिएको छ । सोही बिड बोन्डको आधारमा दुई अर्ब रुपियाँको हाराहारीको सामान खरिद गर्न लागिएको जानकारी प्राप्त भएको छ । अस्पताल र कार्यालयको लागि फर्निचर, उपकरण र त्यसको दोस्रो चरणमा डेकोरेसनको लागि एकमुष्ट बोलपत्र आह्वान गरिएको हो । बोलपत्रअनुसार कुनै पनि सप्लायर्स सँगको सेटीङमा भएको प्रष्ट हुन्छ ।
फर्निचर र उपकरणको लागि एउटै कम्पनीले काम गर्ने अवस्था नभएपनि भिसी गिरीले चलाखीपूर्ण रूपमा डेकोरेसनको जिम्मा पाउने गरी बोलपत्र आह्वान गरेका हुन् ।प्रतिष्ठानका रजिस्ट्रार डाक्टर सूर्यप्रसाद संगौला आफूलाई यस विषयमा जानकारी नभएको बताउँछन् । खरिदको विषयमा यस बिचमा कुनै निर्णय नभएको उनले जनाएका छन् ।
रजिस्ट्रार र रेक्टरलाई नै थाहा नदिई भीसी गिरी र डाइरेक्टर जगतनारायण प्रसादको मिलेमतोमा खरिद प्रक्रिया अगाडी बढाइएको हो ।त्यतिमात्रै होइन, प्रतिष्ठानको विधानविपरीत खरिदको काम भइरहेको छ । कार्यकारी समितिबाट निर्णय गरेर स्रोत सुनिश्चित भएपछि मात्र आवश्यकताको आधारमा खरिद गर्नुपर्ने नियमविपरीत भीसी र डाइरेक्टरले मनोमानी हिसाबमा काम गरेका हुन् ।
एक कार्यकारी समितिका सदस्यका अनुसार प्रतिष्ठानले समयमा तलब खुवाउन सक्ने अवस्था नभएको बेला अनावश्यक खरिद गरिरहेको छ । २५ गते भुक्तानी गर्नुपर्ने तलब समेत नदिएर चिकित्सक र कर्मचारीमाथि अन्याय भइरहेको उनले बताए । जताततै खरिद भइरहेको बताउँदै उनले भीसी र डाइरेक्टरले भ्रष्टाचारको अखडा बनाएको आरोप लगाए ।
उनका अनुसार कर्मचारी र चिकित्सकको भर्ना र बढुवामा पनि चलखेल भइरहेको छ । रेक्टरको इन्ट्रेस्टअनुसार नारायणराज भट्टराई, सृजना श्रेष्ठ र केशव राईको बढुवा भएको हो । यसअघि माइक्रोबाइलोजीको लाइसेन्स बिना नै कोभिड १९ को पसिआर रिपोर्ट प्रमाणित गरेका उनीहरूलाई प्रमाणपत्र विना नै असिस्टेन्ट प्रोफेसरबाट बढुवा गरिएको हो ।
लाइसेन्स बिना ल्याबमा काम गर्न नपाइने भएपनि उनीहरूको हकमा त्यसलाई लागु नगरेको पाइएको छ । छनौट समितिले समेत लाइसेन्सबिना बढुवा नगर्न सुझाव दिएपनि उपकुलपतिले कार्यान्वयन गरेनन् । विज्ञापन खुलाउँदा पनि गोप्य राखिएको र वेबसाइटमा समेत नराखिएको एक पदाधिकारी कार्यकारी समितिका सदस्यले जानकारी दिए ।
अख्तियारमा मुद्दा
अस्पताल उपकरण र फर्निचरको खरिद प्रक्रियामा रहेको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको छ । चिकित्सक, शिक्षक र कर्मचारीले दिएको निवेदनमा दुई अर्ब रुपियाँभन्दा बढीको गैरकानुनी टेन्डर रद्द गर्न माग गरिएको छ । भीसीको मनोमानी र गैरकानुनी गतिविधिले प्रतिष्ठान ध्वस्त भएको उल्लेख गरिएको निवेदनमा साउन १० गते आह्वान भएको बोलपत्रमा भ्रष्टाचार भएको बताइएको छ ।
रजिस्ट्रार र कार्यकारी समितिलाई जानकारी नदिई स्रोत सुनिश्चित नभएको विवादित मातृशिशु भवनको लागि उपकरण खरिद गर्न लागिएको निवेदनमा उल्लेख छ । सी–००७१५३ दर्ता नम्बर रहेको निवेदन साउन २२ गते दर्ता भएको हो ।
सोही निवेदनमा असार २८ गते प्रकाशित कर्मचारी बढुवाको सूचनामा पनि आर्थिक चलखेल भएको र आफ्ना मान्छे मात्र भर्ती गरेको आरोप छ । बढुवाको प्रक्रिया नेपाल मेडिकल काउन्सिल, मेडिकल एजुकेसन कमिसन र प्रतिष्ठानको ऐन विपरीत भएको निवेदनमा उल्लेख गरिएको छ । जसमा विषय अख्तियारले अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
दरबारमार्ग क्षेत्रमा सवारी आवागमनमा रोक
काठमाडौं । संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रमका लागि मञ्च निर्माण गर्नुपर्ने भएकाले दरबारमार्ग क्षेत्रमा सवारी आवागमन रोक लगाइएको छ...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
आजदेखि सोह्र श्राद्धको विधिवत् आरम्भ गरिँदै
काठमाडौँ, २ असोजः प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ ।...