बीस वर्षदेखिको जुगेपानी पहिरोको सास्ती हटेसँगै सवारीसाधन सञ्चालनमा सहज
काठमाडौं । गोरखा-आरुघाट सडकखण्ड अन्तर्गत पर्ने आहालेस्थित जुगेपानी पहिरोको सास्ती हटेको छ। गएको २० वर्षदेखि हरेक वर्ष बर्खाका बेला यात्रीले निकै हैरानी खेप्दै आउनुपरेको जुगेपानीको पहिरो अहिले रोकथाम गरिएपछि सवारीसाधन सञ्चालनमा सहज भएको हो।
तनहुँ सडक डिभिजन कार्यालयले गत वैशाख महिनामा पहिरो रोकथामको सबै काम सम्पन्न गरेसँगै यसपटकको बर्खामा कुनै समस्या नभएको गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। ‘बर्खामा पानी पर्नेबित्तिकै सधैँजसो सडक भासिने, माटो बग्ने र सवारीसाधन आवागमन अवरुद्ध हुने गरेको भए पनि त्यहाँको पहिरोले यसपटक अहिलेसम्म कुनै दुःख दिएन’, उनले भने, ‘अहिलेको अवस्थालाई हेर्दा पहिरो रोमथाममा भएको देखिन्छ, यसपालिको बर्खामा यात्रीले विगतका वर्षमा जस्तो हैरानी भोग्नुपरेको छैन।’
जुगेपानीमा करिब एक सय मिटर सडक हरेक वर्ष बर्खामा पानी परेपछि जमिन भासिने, माटो बग्नेलगायत समस्या हुँदै आएको थियो। भू–गर्भविद्सहितको इन्जिनियर टोलीले पहिरो नियन्त्रणका लागि गहिरो अध्ययन गरी करिब एक वर्ष लगाएर नियन्त्रणको काम सम्पन्न गरेको हो।
पहिरो रोमथाममा आएपछि गोरखा सदरमुकामबाट उत्तरी गोरखाको धार्चे गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बासिन्दालाई आवतजावत सजिलो भएको छ। जुगेपानीको पहिरो रोमथाम गर्न तनहुँ सडक डिभिजन कार्यालयमार्फत रु तीन करोड ४५ लाख ४१ हजार नौ सय ९८ खर्च भएको कार्यालयले जनाएको छ। कार्यालयले बोलपत्र प्रक्रियामार्फत पहिरो रोमथाम गर्न निर्माण कम्पनीसँग सम्झौता गरेको थियो।
विशेष प्रविधिबाट जमिनलाई सुक्खा बनाएर जमिनको पानीलाई पाइपमार्फत निकासा गरी जुगेपानी पहिरो नियन्त्रणको काम गरिएको सडक डिभिजन कार्यालयका इन्जिनियर हरिबहादुर लामाले जानकारी दिए। आउँदो एक वर्षसम्मका लागि पहिरो गइरहेको ठाउँमा सडक ग्राभेल मात्र छाडिएको र थप ‘सेटल’ भएपछि सडक कालोपत्र गरिने उनको भनाइ छ।
Comments
अरु समाचार
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...