ताजा समाचार

पूर्वमुख्यमन्त्री कार्कीद्वारा पुनः अनसन सुरु

मोरङ। कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः अनसन सुरु गर्नुभएको छ । मंगलबार अपराह्न ४ बजेदेखि विराटनगर–७ स्थित देवकोटा चोकको वनखण्डी मन्दिर आगाडि अनसन सुरु गरेपछि उहाँलाई प्रहरीले निषेधित क्षेत्र उल्लङघन गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार उहाँलाई नियन्त्रणमा लिइ घर पु¥याइएको थियो ।
“निषेधित क्षेत्रमा अनसन बसेपछि उहाँलाई नियन्त्रणमा लिइ उहाँकै घर लगेर छाडिएका थियौँ, अहिले निषेधित क्षेत्रभन्दा बाहिर बसेर उहाँले पुनः अनसन सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो । दश वर्षमुनिका बालबालिकाको विशिष्टिकृत उपचार सेवा निःशुल्क हुनुपर्नेलगायत माग राखेर पूर्वमुख्यमन्त्री कार्कीले मंगलबारदेखि अनसन सुरु गर्नुभएको हो ।
कार्कीले मंगलबार अपराह्न ४ बजेदेखि अनसन सुरु गर्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले विराटनगर–७ स्थित देवकोटा चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org