ताजा समाचार

कांग्रेसले उपसभामुखका विषयमा संसदीय दलको बैठकबाट निर्णय लिने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले उपसभामुखको विषयमा सत्तासाझेदार दलहरूसँग छलफल र परामर्श गरी आवश्यक निर्णय लिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

“पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भयो । उपसभामुखको विषयमा संसदीय दलको बैठक राखी निर्णय गर्ने र सरकारमा आबद्ध दलहरूसँग पनि समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ”, उनले भने । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले राजीनामा गरेर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई सुझाव दिएका थिए। सोही विषयबारे पार्टीको धारणा बनाउन कांग्रेसले अनौपचारिक छलफल गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org