वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक १२ अर्ब बराबरको कारोबार गरेको तथ्यांक
काठमाडौं । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको तथ्यांक सार्वजनिक गरिएको छ ।
चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, ७ अप, स्टिङ (एनर्जी ड्रिङ्स) आदि नेपाली बजारमा उपलब्ध छन् । यी सबै उत्पादनहरू पेप्सी ब्रान्ड अन्तर्गतका हुन् । यिनीहरूको उत्पादन तथा वितरण वरुण वेभरेजले गर्दै आएको छ ।
राजधानीको पेप्सीकोलामा वि.संं. २०५५ बाट कम्पनीले ५० रोपनी जग्गामा आफ्नो साम्राज्य खडा गरेर काम गरिरहेको छ भने नवलपरासी जिल्लाको रामग्राममा पनि १५ बिघा जमिनमा वरुण वेभरेजले आफ्नो उत्पादन तथा वितरणको काम गर्दै आएको छ ।
बजारको माग अनुसार देशका सबै भूभागमा आफ्ना उत्पादन पुर्याएर बजार विस्तारमा जोड दिइरहेको वरुण वेभरेज एउटा मल्टीनेसन कम्पनी मात्र नभएर नेपालको एक ‘हाई ट्याक्स पेयर ’कम्पनी पनि भएको बताइएको छ । जसले नेपाल सरकारलाई चारदेखि पाँच अर्ब रुपैयाँसम्म कर तिर्ने गरेको छ भने देशमा प्रत्यक्ष रूपमा हजारौँ तथा अप्रत्यक्ष रूपमा दसौँ हजारलाई रोजगारी दिएको जनाएको छ ।
विशेष गरेर छिमेकी मुलुक भारतमा ठुलो बजार हिस्सा ओगटेको वरुण वेभरेजले नेपाल, श्रीलङ्का, जिम्बाबे, मोरक्को साउथ अफ्रिका, कङ्गो र केन्यामा समेत राम्रो व्यापार गर्दै आएको जनाएको छ । भारतीय स्टक एक्सचेन्जहरू एनएसई र विएसई नाममा सूचिबद्ध वरुण बेभरेजका भारतमा मात्र ३८ बढी उत्पादन कारखानाहरू रहेका छन्।
गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका यो मल्टी नेसनल कम्पनीले विभिन्न ८ वटा देशमा गरी वार्षिक करिब १६ खर्ब रुपैयाँ भारु भन्दा धेरैको कारोबार गर्दै आएको जनाइएको छ ।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
एमालेको अधिवेशनमा प्यानल बनाउन नपाइने, ११औँ महाधिवेशनसम्ममा १० लाख सदस्यता पुर्याउने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ । पार्टी महासचिव शङ्कर...
-
आजदेखि धरहरा सञ्चालन, अनलाइन टिकट भोलिदेखि
काठमाण्डौ । आजदेखि धरहरा सञ्चालन हुने भएको छ । शहरी विकास मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...