ताजा समाचार

वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक १२ अर्ब बराबरको कारोबार गरेको तथ्यांक

काठमाडौं । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको तथ्यांक सार्वजनिक गरिएको छ ।

चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, ७ अप, स्टिङ (एनर्जी ड्रिङ्स) आदि नेपाली बजारमा उपलब्ध छन् । यी सबै उत्पादनहरू पेप्सी ब्रान्ड अन्तर्गतका हुन् । यिनीहरूको उत्पादन तथा वितरण वरुण वेभरेजले गर्दै आएको छ ।

राजधानीको पेप्सीकोलामा वि‍.संं. २०५५ बाट कम्पनीले ५० रोपनी जग्गामा आफ्नो साम्राज्य खडा गरेर काम गरिरहेको छ भने नवलपरासी जिल्लाको रामग्राममा पनि १५ बिघा जमिनमा वरुण वेभरेजले आफ्नो उत्पादन तथा वितरणको काम गर्दै आएको छ ।

बजारको माग अनुसार देशका सबै भूभागमा आफ्ना उत्पादन पुर्‍याएर बजार विस्तारमा जोड दिइरहेको वरुण वेभरेज एउटा मल्टीनेसन कम्पनी मात्र नभएर नेपालको एक ‘हाई ट्याक्स पेयर ’कम्पनी पनि भएको बताइएको छ । जसले नेपाल सरकारलाई चारदेखि पाँच अर्ब रुपैयाँसम्म कर तिर्ने गरेको छ भने देशमा प्रत्यक्ष रूपमा हजारौँ तथा अप्रत्यक्ष रूपमा दसौँ हजारलाई रोजगारी दिएको जनाएको छ ।

विशेष गरेर छिमेकी मुलुक भारतमा ठुलो बजार हिस्सा ओगटेको वरुण वेभरेजले नेपाल, श्रीलङ्का, जिम्बाबे, मोरक्को साउथ अफ्रिका, कङ्गो र केन्यामा समेत राम्रो व्यापार गर्दै आएको जनाएको छ । भारतीय स्टक एक्सचेन्जहरू एनएसई र विएसई नाममा सूचिबद्ध वरुण बेभरेजका भारतमा मात्र ३८ बढी उत्पादन कारखानाहरू रहेका छन्।

गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका यो मल्टी नेसनल कम्पनीले विभिन्न ८ वटा देशमा गरी वार्षिक करिब १६ खर्ब रुपैयाँ भारु भन्दा धेरैको कारोबार गर्दै आएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org