ताजा समाचार

वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको छ ।

मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटवार्तामा नेपाल र कतारबिचको सन १९७७ देखिको कूटनीतिक सम्बन्ध, उच्चस्तरीय भ्रमण र द्विपक्षीय भेटघाटका विषयमा छलफल भएको निजी सचिवालयले जनाएको छ ।

नेपाल र कतारबिचको सम्बन्ध आपसी विश्वास, समझदारी र सहयोगमा आधारित रहेको मन्त्री शाहीले बताए ।

पर्यटन पूर्वाधार ऊर्जा र निर्माण कार्य क्षेत्रमा कतार सरकारको लगानी उल्लेखनीय रहेको मन्त्री शाहीले सुनाए । नेपाललाई पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्न कतारले सक्रिय भूमिका खेलेको मन्त्री शाहीले बताए ।

कतार सरकारलाई उपहार स्वरूप नेपाली हात्तीहरूको हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पुरा भइसकेको हुँदा यथासम्भव छिटो हस्तान्तरण हुने मन्त्री शाहीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org