ताजा समाचार

प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका सरकार प्रमुखहरुसँग भेटवार्ता गर्दै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज द्विपक्षीय भेटवार्ता हुने कार्यतालिका रहेको छ ।

स्थानीय समय अनुसार आज अपरान्ह ५ः३० बजेदेखि ६ः०० बजेसम्म प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

भारतका प्रधानमन्त्री मोदीसँगको भेट अघि प्रधानमन्त्री ओली र भुटानका प्रधानमन्त्री डासो छिरिङ तोग्बेबीच भेटवार्ता हुनेछ ।

यसैगरी प्रधानमन्त्री ओली र कुबेतका राजकुमार शेख सबाह अल खालेद अल हमाद अल मुबारक अल सबाहसँग पनि द्विपक्षीय भेटवार्ता हुने छ ।

प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघीय मानवाधिकार परिषद्का अधिकारीहरुले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले आज बेलुका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org