ताजा समाचार

बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या २२८ पुग्यो

काठमाडौं । बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २२८ पुगेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाडीपहिरोमा जनधनको क्षति भएको हो ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म २५ जना बेपत्ता छन् भने १५८ जना घाइते छन् । यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org