इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकिकृत गर्न खोजिरहेको बताएका छन् ।
ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात आयोजित ब्रीफिंगमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नुपर्ने बताए ।
“यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्ने बाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीलाई भने । “इजरायलमा मङ्गलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरु के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्“ उनले भने ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो ।
राष्ट्रपतिय निर्वाचन नजिँकिदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुन सक्छ ।
यसैबीच, उत्तरी क्यारोलिनामा चुनावी प्रचारमा लागेका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानको आणविक सुविधलाई इजरायलले लक्षित गर्ने सम्भावनाबारे बाइडेनलाई यस हप्ता सोधिएको प्रश्नलाई उद्धृत गर्दै इरानप्रति प्रतिक्रिया कस्तो हुनुपर्छ भन्नेबारे अझ बढी उत्तेजक दृष्टिकोण प्रस्तुत गरेका छन् ।
Comments
अरु समाचार
-
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा...
-
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले शनिबारदेखि बाढीपीडितलाई राहत वितरण गर्दै
बैंकक। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले लगातारको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
इजरायली आक्रमणमा परी ५ जनाको मृत्यु
काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । लेबनानी अधिकारिहरूका अनुसार चिकित्सकीय सेवा केन्द्रमा...
-
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
काठमाडौं । अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको...
-
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
काठमाडौं। इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले...
-
जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान सुरु
काठमाडौं । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र...
-
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ । “हमासका नेता...
-
रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका...