रूसले युक्रेनमा सबै निर्धारित लक्ष्य पूरा गर्ने पुटिनको दाबी
काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताएका छन् ।
सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत् पुटिनले निर्धारित लक्ष्यहरू प्राप्त हुने बताएका हुन् ।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रूसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्रहरू कब्जा गरिसकेको छ ।
सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रूसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउदै यसले नाजीवादीहरूलाई रूसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गरेका छन् ।
पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रूस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताए ।
“अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धीका लागि लडिरहेका छौँ,”पुटिनले भने।
Comments
अरु समाचार
-
हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु
काठमाडौं । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा...
-
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले शनिबारदेखि बाढीपीडितलाई राहत वितरण गर्दै
बैंकक। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले लगातारको भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानले...
-
अष्ट्रेलिया सरकारको कडाइपछि विद्यार्थी भिसा आवेदनमा कमी
काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्नका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदनको सङ्ख्या करीव आधाले घटेको छ । नाइन इन्टरटेनमेन्ट पत्रिकाले बिहीबार...
-
इजरायली आक्रमणमा परी ५ जनाको मृत्यु
काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ । लेबनानी अधिकारिहरूका अनुसार चिकित्सकीय सेवा केन्द्रमा...
-
अफगानिस्तानमा बाढीका कारण १३ जनाको मृत्यु ,१६ घाइते
काठमाडौं । अफगानिस्तानमा भारी वर्षाले नित्याएको आकस्मिक बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको...
-
इरानद्वारा इजरायलमा मिसाइल आक्रमण
काठमाडौं। इरानले पहिलोपटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा २०० वटा क्षेप्यास्त्र प्रहार गरेको इरानी सरकारी टिभीले बुधबार जनाएको छ । त्यसैगरी इजरायलले...
-
जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान सुरु
काठमाडौं । भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र...
-
लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु
काठमाडौं । प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ । “हमासका नेता...
-
बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा
काठमाडौं । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु...