भ्रष्टाचारमा मुछिएका पूर्वएआईजी बेलायतमा टिकटकमा रमाउँदै
काठमाडौं। नेपाल प्रहरीमा कार्यरत रहँदा अवैधरूपमा अरबौ कमाएको भनी आरोप लाग्दै आएका र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गत असोज १४ गते उजुरी समेत परि छानविन अनुसन्धानको माग गरिएका नेपाल प्रहरीका पूर्वएआईजी श्यामलाल ज्ञवाली अहिले श्रीमतीसहित बेलायतमा छन् । बेलायतमा उनले विभिन्न स्थानको भ्रमण गर्दै टिकटकमा रोमान्चक फोटो र भिडियो पोष्ट गर्दै हिँडेका छन् ।
टिकटकमा ‘दिउँ कि मुटु खोली तिमीलाई’ बोलको गीतमा रोमान्स गरेर देशमा आफूले गरेको भ्रष्टाचार लुकाउन खोजेका छन् । तर जति नै नाच्दै रमाए पनि भ्रष्टाचारजन्य काममा उनलाई माफी नहुने देखिएको छ । अब टिकटकमा अरुको गीतमा नाच्ने मात्रै होइन,’मेरा भ्रष्टाचारका फायल खोलिदेउ’ बोलको गीत आफैंले गाउँदै भिडियो बनाएर टिकटकमा नाच्नु उनका लागि अझ उचित हुनेछ ।
गत भदौ २५ गते उमेर हदका कारण नेपाल प्रहरीको एआईजी पदबाट अनिवार्य अवकास पाएका ज्ञवाली नेपालमा अरबौं रकम भ्रष्टाचार गरि आर्जन गरेको अवैध सम्पत्ति र प्रहरी अनुशासन तोडेको अभियोगमा कानुनी कारबाही हुन सक्ने देखेर गत भदौ २७ गते नै प्रहरी कितावखाना लैनचौर पुगेर पेन्सनपट्टाको काम सकेर गत भदौ २९ गते कतार एयरवेजको जहाज चढेर श्रीमतीसहित अमेरिका उडेका थिए ।
नेपालमा प्रहरी हुँदा विभिन्न युनिटहरूमा प्रमुख र टुवाईसी हुँदा अवैधरूपमा कमाएको अरबौं रकम ज्ञवालीले माडवारी व्यापारीमार्फत नेपालमा केही लगानी गरेको र अधिकांश रकम हुण्डी गरि भारत, दुबई र अमेरिका पठाइ विभिन्न व्यापार व्यवसायमा लगानी गरेको आशंका गरिँदै आएको छ । प्रहरीमा रहँदा उनले माथिल्लो पदका हाकिमलाई रिझाएर सोह्रखुट्टे, बौद्व, काठमाडौं परिसर, विभिन्न जिल्ला प्रमुख, कोशी प्रदेश कार्यालय, उपत्यका प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान व्युरो प्रमुख हुँदा अपराधी तथा तस्करलाई कानुनी कारबाही गर्नबाट उन्मुक्ति दिएर करोडौं अवैध सम्पत्ति जोडेका थिए ।
यसैगरि दाजु ठाकुरप्रसाद ज्ञवाली आईजीपी हुँदा समेत यिनै श्यामलाल ज्ञवालीले आर्थिक लाभ लिएर सेटिङमा काठमाडौं परिसरमा सरूवा÷बढुवामा दररेट तोकि रकम लिएर सरूवा–बढुवा गराएका थिए । ज्ञवालीले अवैध सुन तस्करी काण्डको मुद्दाको छानविन कारवाहीमा केही मुख्य अदृश्य अपराधीलाई पक्राउ नगरि फरार हुन दिएर उम्काउने र केहीलाई सुराकीमा राखि मुद्दा नचलाई उन्मुक्ति दिएर करोडौं रकम लिएको आरोप लगाउदै ललितपुर सातदोबाटोका विनायक अर्यालले अख्तियारमा उजुरी हालेका छन् । अख्तियारमा परेको यस उजुरीका विषयमा अख्तियारले छिटोभन्दा छिटो एक छानविन अनुसन्धान टोली गठन गरि अनुसन्धान प्रक्रियालाई अगाडि बढाएर भ्रष्टाचार मुद्दा दर्ता गर्नुपर्ने उजुरीकर्ता अर्यालले बताएका छन् ।
यसैगरि पदमा हुँदा ज्ञवालीले प्रहरीको चेन अफ कमाण्ड तोडेर, तात्कालिक उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेसँग मिलेर आईजीपी वसन्तबहादुर कुवँरलाई माइनस गर्दै समानान्तर रूपमा प्रहरी संगठन सञ्चालन गर्न खोजेका थिए । अझ कुवँरलाई “कु“ गर्ने र आफंै आईजीपी बन्ने गरि चलखेल गरेका थिए,तर अकस्मात पुष्पकमल दाहाल प्रचण्ड सरकार ढालेर वर्तमान नेपाली कांग्रेस र नेकपा( एमाले) को सत्ता गठबन्धन बनेपछि त्यो “कु“ गर्ने षडयन्त्र रातारात ध्वस्त भएको थियो भन्ने आरोप ज्ञवाली माथि लागेको थियो ।
व्युरो प्रमुख रहँदा ज्ञवालीले समानान्तर प्रहरी संगठन सञ्चालन गरेको, विभिन्न व्यक्तिहरूलाई धम्क्याएर करोडौं रकम असुली गरेको विषयमा नेपाल प्रहरीले एआईजी टेकप्रसाद राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाइ छानविन गरेर आईजीपी कुवँरलाई प्रतिवेदन पेश गरेको थियो । त्यो प्रतिवेदनमा ज्ञवालीलाई दोषी ठहर गरिएको थियो । तर उनलाई कारवाही गर्न ढिलासुस्ती गर्दा गत भदौ २५ गते अनिवार्य अवकास भएका थिए । अब उनलाई यी अभियोगमा पक्राउ गरि थुनामा राखि छानविन गर्न विदेश भागेकाले असम्भव प्रायः छ, उनी उम्किए, प्रहरी स्रोतले बताएको छ । यदी ज्ञवाली उपर छानविन अनुसन्धान गरि भविष्यमा अख्तियारले कारवाही गरेपनि विशेष अदालतमा उपस्थित हुने अवस्था सिर्जना भएको समाचार स्रोतको दाबी छ ।
ज्ञवालीले केन्द्रीय अनुसन्धान व्युरो प्रमुख हुँदा संगठित ठूला अपराधको उजुरीमा छानविन अनुसन्धान गर्ने क्रममा ठूला अपराधीहरूलाई तपाईका विरूद्व व्युरोमा उजुरी परेको छ भन्दै बोलाउँदै, सुन तस्करी,राजस्व छली, हुण्डी, क्रिफ्टोकरेन्सी, बालमन्दिर जग्गा लिज, ललिता निवास, बाँसवारी छालाजुत्ताको जग्गा खरिद प्रकरण लगायतमा धम्क्याउदै करोडौ रकम झारेको र सो रकम माडवारी व्यापारी मार्फत हुण्डी गरि भारत, दुबई र अमेरिका पठाइ लगानी गरेको आरोप लागेको छ । यस्तो गम्भीर आरोपमा अख्तियारले छानविन अनुसन्धान गर्न ढिलासुस्ती गर्नु हुन्न, छिटोभन्दा छिटो छानविन अनुसन्धान गर्नुपर्ने पर्यवेक्षकहरूको धारणा छ ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको दुई करोड सहयोग
काठमाडौं । नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक...
-
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशमा नियुक्त, आज अपरान्ह पद तथा गाेपनियताकाे सपथ हुने
- सजिव कालाखेतीबाट काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज असाेज २० गते सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा...
-
दोस्रो अभ्यास खेलमा नेपालको जित
काठमाडौं। क्यानडामा गए राती नेपाल र हाइप्रोफमेन्स (एचपी)बिच भएको दोस्रो अभ्यास खेलमा नेपालले जित हासिल गरेको छ । क्यानडाको दोस्रो...
-
लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको सङ्ख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी...
-
पत्रकार महासंघको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
भक्तपुर। नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ...
-
दुर्गापक्षको चौथो दिन आज कुष्माण्डाको पूजा गरिँदै
काठमाडौँ, २० असोजः नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल...
-
आजको राशिफल: २०८१ साल असोज २० गते आइतवार
मेषः कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। केही...
-
नयाँ प्रधानन्यायाधीश राउतको शपथ भोलि हुँदै
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि (आइतबार) हुने भएको छ। राष्ट्रपति भवनमा आइतबार दिउँसो १ः ३० बजे राष्ट्रपतिको...
-
पोखरामा बजार अनुगमन, अखाद्य वस्तु जफत
काठमाडौं । दसैँ, तिहारलगायत ठूला चाडबाडलाई लक्षित गरी पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र...