ताजा समाचार

पहिलो टी–२०आईमा अमेरिकामाथि नेपालको १७ रनको जित

काठमाडौं । नेपालले पहिलो टी–२०आई खेलमा अमेरिकालाई १७ रनले पराजित गरेको छ । नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो ।

अमेरिकाका लागि शायन जहाँगीर ६० रनको अर्धशतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त हुन सकेन । आन्द्रेस गौसले ३० र मिलिन्द कुमारले २२ रन जोडेर आउट भए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, रिजन ढकाल, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए ।

अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा घरेलु टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए ।

पौडेलले दीपेन्द्रसिंह ऐरीसँग पाँचौं विकेटका लागि ६६ रनको साझेदारी गरेका हुन् । दीपेन्द्र २८ रनमा आउट भए। आसिफ शेख र अनिलकुमार शाहले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । अनिल र आसिफ २७(२७ रन जोडेर आउट भए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org