ताजा समाचार

पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ । ठूलाे संख्यामा  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता र कार्यकर्ताहरू  प्रहरीको गाडीलाई पछ्याउँदै पोखरा लागेका छन् ।

रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले दुवै पोखरा गएका छन् । स्वर्णिम पहिले नै प्रस्थान गरिसकेको बुझिएको छ । रास्वपाका अधिकांश पदाधिकारीहरू प्रहरीको गाडी पछिपछि हिँडेका देखिन्थे ।

रविकी पत्नी निकिता पौडेल पनि पोखरा गएकी छिन् । उनी आफ्नै गाडी चढेर  गएकी हुन् । रास्वपाको युवा दस्ता (र्यापिड एक्सन टीम) पनि रविप्रति समर्थन जनाउन पोखरा जाने भएको छ । यसका लागि गाडीहरूको बन्दोवस्त मिलाउने काम भइरहेको स्रोतले बतायो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org