नेपाल र बङ्गलादेश बिचको खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने
काठमाडौं । गत संस्करणमा भन्दा उत्कृष्ट प्रर्दशनका साथ बलियो प्रतिद्वन्दी भारतलाई पराजित गरेर साफ महिला च्याम्पियनसिपको फाईनल प्रवेश गरेको नेपाल र साबिक बिजेता बंगलादेश बिचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दशरथ रंगशालामा जाने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।आज (बुधबार) साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने भएका हुन् । प्रधानमन्त्री ओलीले खेल अवलोकन र उपाधि विजेतालाई पुरस्कारसमेत वितरण गर्ने कार्यक्रम रहेको छ ।
सातौँ संस्करणसम्म आइपुग्दा नेपाल पाँच पटक फाइनलमा पुगेर उपाधि उचाल्न चुकेको नेपाली महिला टोली यस संस्करणमा भने उपाधी उचाल्ने लक्ष्यका साथ मैदानमा प्रस्तुत हुनेछ । नेपालले सेमिफाइनलमा भारत र बङ्गलादेशले भुटानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
Comments
अरु समाचार
-
नेपाल र बंगलादेश बिचको फाइनल खेल काठमाडौँका तीन स्थानमा हेर्ने सकिने
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट नपाएकाहरूलाई काठमाडौँ महानगरपालिकाले विभिन्न तीन स्थानमा खेल हेर्ने व्यवस्था...
-
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
काठमाडौं । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ...
-
तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु
काठमाडौं । सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ...
-
सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक...
-
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
काठमाडौँ: आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल...
-
समर गेम्सको बक्सिङमा नेपालले स्वर्ण जित्यो
काठमाडौँ : नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा आज स्वर्ण पदक जितेका छन् ।...
-
आजको राशिफल: २०८१ साल कार्तिक १४ गते बुधवार
मेषः मिहिनेतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका...
-
काठमाडौँका ४६ स्थानबाट फूल किन्न पाइने
काठमाडौं । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको...
-
साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित...