एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ ।
महासचिव पदका कारण अध्यक्षका उम्मेदवार केपी ओलीको प्यानलमा नै ठूलो संकट सिर्जना भएपछि ईश्वर पोखरेल पक्षले आफूतर्फ नेता, प्रतिनिधिलाई आकर्षित गरिरहेको छ ।
शंकर पोखरेललाई महासचिव चयन गर्न ओलीले ठूलो बल लगाएपछि प्रदीप ज्ञवालीदेखि अन्य नेताहरु रुष्ट बनेका थिए । जसोतसो ओलीले फकाएपनि उनीहरुले आन्तरिक रुपमा पाण्डेलाई मत दिन निर्देशन दिएको स्रोतको दाबी छ ।
ओली पक्षले मतदानका निम्ति नामसहितको पत्र नै बाँडेपनि पाण्डेको पक्षमा उभिएका प्रतिनिधि र नेताहरुको संख्या बढि रहेको देखिन्छ ।
ओलीको एकलाैटी तोड्नकै लागि भएपनि पोखरेललाई पराजित गर्ने गरि काम अघि बढेको स्रोतको दाबी छ । उसोतः पाण्डे बलियो उम्मेदवार हुन भने कुनैबेला महासचिवमा ओलीविरुद्ध अध्यक्षका उम्मेदवार रहेका ईश्वर पोखरेलसंग झिनो मतान्तरले महासचिवमै पराजित हुन पुगेका थिए । पाण्डे अहिले एमाले उपाध्यक्ष थिए भने उनले महासचिवका निम्ति देखाएको लोभमा समेत नेताहरु खुशी देखिएका छन् ।
ओली पक्षलाई पाण्डेलाई महासचिवमा जिताएमात्रै पनि ठूलो सन्देश दिन सकिने भन्दै नेताहरुले यसको तयारी गरिरहेका छन् ।
Comments
अरु समाचार
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...












