सेयर बजारमा उच्च गिरावट
काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजारमा गिरावट आएको छ ।
आज नेप्से परिसूचक ४६.३३ अंक घटेर २७७२ अंकमा कायम भएको छ । आज १० अर्ब ९ करोडको कारोबार भएको छ । कुल २४ कम्पनीको मूल्य बढ्दा २ सय १७ को घट्यो भने २ को स्थिर रहेको छ ।
आज सबै सेक्टर घटेका छन् । अन्य सेक्टर सबै भन्दा धेरै २.६९ प्रतिशत घट्यो । बैंकिङ १.३६, विकास बैंक १७१, फाइनान्स १८७, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन ०.९१, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा १.२६, अन्य २.६९ तथा व्यापार ०.८१ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढेको छ । बढेका अरु कम्पनीको वृद्धिदर ४ प्रतिशतभन्दा न्यून रहेको छ । उपकार लघुवित्त र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घटेको छ भने, राप्ती हाइड्रोपावरको ९.८७, समाज लघुवित्तको ७.२८ तथा सगरमाथा जलविद्युतको मूल्य ५.२८ प्रतिशत घटेको छ ।
हिमालयन रिइन्स्योरेन्सको सबै भन्दा धेरै १ अर्ब १२ करोडको कारोबार भएको छ । कारोबारका आधारमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहेको छ ।
Comments
अरु समाचार
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












