जडीबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाए: ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जडीबुटी प्रशोधन केन्द्रमा माओवादी कार्यकर्ताले आगो लगाएको आरोप लगाएका छन् ।
मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभामा बोल्दै शाहीले चैत १५ गते राजधानीमा राजावादी समूहले गरेको भनिएको आगजनी घटनामा माओवादी कार्यकर्ताको संलग्नता पुष्टि भएको बताएका छन् ।
“राजावादीले हिंसा गरे रे, अहिले प्रमाणित भयो– सरकारी सम्पत्ति तोडफोड गर्ने, जडीबुटीमा आगो लगाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ,“ शाहीले भने ।
उनले चैत १५ तीनकुनेमा दुर्गा प्रसाईँको आह्वानमा गरिएको प्रदर्शनपछिका हिंसात्मक घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई झुटा आरोपमा पक्राउ गरिएको आरोप पनि लगाए । प्रहरीले ती घटनामा संलग्न रहेको भन्दै मिश्र र राणालाई नियन्त्रणमा लिएको हो ।
राजसंस्था पुनर्स्थापना, संघीयता खारेज लगायतका माग राख्दै राप्रपाले बल्खुमा आमसभा तथा प्रदर्शन गरेको छ । कार्यक्रममा शाहीले विभिन्न ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग पनि दोहोर्याए ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












