गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको उदाहरणीय काम, ज्येष्ठ नागरिकलाई घरदैलाेमा सम्मान
गोठगाउँ (शिव भट्टराई भोजपुरे) । मोरङको सुन्दरहरैचा नगरपालिका–७ स्थित गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै अनुकरणीय कार्यहरू गर्दै आएको छ। यसै सन्दर्भमा संस्थाले टोलका अशक्त, दीर्घरोगी तथा जेष्ठ नागरिकहरूको घरदैलोमा पुगेर सम्मान तथा सुस्वास्थ्यको कामना गर्दै आशीर्वाद ग्रहण गर्ने विशेष कार्यक्रम गरिरहेको छ।
यही असार २२ गते शनिबार टोल विकास संस्थाका पदाधिकारीहरूले वृद्ध आमाबुवाको घरघरमा पुगेर आत्मीय भेटघाट गर्यो । यसैगरी पदाधिकारीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिए। सोही कार्यक्रमको अवसरमा टोल विकासले स्थानीय व्यक्तित्व जीवननाथ भट्टराई र वहाँकी धर्मपत्नी सावित्रा देवी भट्टराईलाई सम्मान गरेको छ । हाल सुन्दरहरैचा नगरपालिका गोठगाउँमा स्थायी वसोवास गर्दै आउनु भएका जीवनाथ भट्टराई दैवी प्रेरणाबाट ७ वर्षको उमेरदेखि नै अन्न त्याग गरी फलफुलको रूपमा दैनिक स्याउ, कैली गाईको दुध मात्र सेवन गरी जीवन निर्वाह गर्दै आउनु भएको छ।
भट्टराईले देवताको सेवा, पितृ सेवा र गौ सेवा तथा आफ्नो मन्दिरमा आउने भक्तजनहरूलाई दुःख मुक्त गर्न निस्वार्थ सहयोग पुर्याउदै आउनुभएको छ। त्यसैगरी उहाँकी धर्मपत्नी सावित्रा देवी भट्टराई ४० वर्षदेखि नुन, तेल त्यागी उहाँको सेवा गर्दै आउनुभएको छ। उहाँहरूलाई गोठगाउँ विश्वविद्यालय टोल विकास संस्था र सामाजिक अभियन्ताको तर्फबाट सम्मान गरिएको छ। यस्तो त्याग र समर्पणका लागि टोल विकास संस्थाले सम्मानपत्र प्रदान गर्दै वहाँहरूको योगदानलाई कदर गरेको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष केशव भट्टराई, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सल्लाहकार पोस्टकुमार श्रेष्ठ दुर्गा भट्टराईलगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। सामाजिक सद्भाव र आत्मीयता प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष भट्टराईले वृद्ध र असहाय नागरिकहरूको सेवा गर्नु संस्थाको मात्र नभई सम्पूर्ण समाजको कर्तव्य भएको उल्लेख गर्नु भयो। उहाँले भन्नुभयो, “विकास संरचनामात्र होइन, समाजका असहाय सदस्यप्रति संवेदनशील पनि हुनुपर्छ। उहाँहरूको अनुहारमा मुस्कान ल्याउनु नै हाम्रो साँचो सेवा हो।’
टोल विकास संस्थाका सदस्यहरुले संस्थाको यस्तो कार्यको खुलेर प्रशंसा गरेका छन्। टोलमा सामाजिक सद्भाव, पारस्परिक आत्मीयता र जेष्ठ नागरिकप्रति सम्मानको भावना विस्तार गर्न यस्ता गतिविधिले ठूलो भूमिका खेल्ने विश्वास गरेका छन्।
सामाजिक अभियन्ता नेत्र चौलागाईंले यस अभियानमार्फत जेष्ठ नागरिकप्रति सम्मानजनक जीवन सुनिश्चित गर्ने, उनीहरूका आवश्यकताप्रति ध्यान दिने र समाजमा सकारात्मक सोच विकास गर्न उल्लेखनीय योगदान पुर्याउने बताउनु भयो । टोल विकासले आगामी दिनमा आयोजना गर्ने सामाजिक काममा आफू पनि सहकार्य गर्न तयार रहेको चौलागाइँले जनाउनु भयो ।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












