अमेरिकामा ७.३ रेक्टरस्केलकाे भूकम्प
काठमाडौं । अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले सुनामी चेतावनी जारी समेत गरेको थियो । तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)ले जनाएको छ ।
भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो । यसको केन्द्रविन्दु स्यान्ड पोइन्ट टापुको सहरबाट करिब ५४ माइल (८७ किलोमिटर) दक्षिणमा अवस्थित थियो । भूकम्पको केन्द्रविन्दु १२.५ माइलको गहिराइमा रहेको थियो ।
अधिकारीहरूले भूकम्पपछि सुरुमा दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि सुनामी चेतावनी जारी गरेका थिए । “दक्षिण अलास्का र अलास्का प्रायद्वीपका तटीय क्षेत्रहरूका लागि सुनामी सल्लाह रद्द गरिएको छ”, भूकम्पको करिब दुई घण्टापछि जारी गरिएको सन्देशमा राष्ट्रिय सुनामी चेतावनी केन्द्र (एनटिडब्लुसी)ले जनाएको छ ।
युएसजिएसका अनुसार प्रारम्भिक भूकम्पपछि एक दर्जनभन्दा बढी पराकम्पनहरूको समूह आएको थियो । तीमध्ये सबैभन्दा ठुलो ५.२ म्याग्निच्युड मापन गरिएको थियो । सुनामी चेतावनी र सल्लाह अलास्काको तटका क्षेत्रहरूका लागि मात्र जारी गरिएको र थप क्षेत्रहरू अप्रभावित रहेको एनटिडब्लुसीले जनाएको छ । स्यान्ड पोइन्टमा अधिकतम शून्य दशमलमव दुई फिट (६.१ सेन्टिमिटर) उचाइको सुनामी अवलोकन गरिएको थियो ।
“स्थानीय आपत्कालीन अधिकारीहरूले सुरक्षित भएको सङ्केत नगरेसम्म खतरा क्षेत्रहरूमा पुनः बसोवास नगर्नुहोस्”, एनटिडब्लुसीले उल्लेख गरेको छ । अलास्का भूकम्पीय रूपमा सक्रिय प्रशान्त रिङ अफ फायरको साथमा अवस्थित छ । सन् १९६४ मार्चमा ९.२ म्याग्निच्युडको भूकम्प गएको थियो । यो उत्तर अमेरिकामा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली थियो ।
उक्त भूकम्पले सुनामी निम्त्याएको थियो र एन्कोरेज सहरलाई ध्वस्त पारेको थियो भने अलास्काको खाडी, अमेरिकाको पश्चिमी तट र हवाईमा प्रहार गरेको थियो । भूकम्प र सुनामीबाट धेरैको मृत्यु भएको थियो भने ४० करोड डलरभन्दा बढीको सम्पत्ति नोक्सान भएको थियो । सन् २०२३ जुलाईमा अलास्का प्रायद्वीपमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...
-
Culture, Mountains, and Technology: Himalayan Rim Film Exhibition
Kathmandu, 14 Dec (2025) : The assembly hall of the Department of Mass Communication and Journalism at Tribhuvan University presented...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












