करदाता सेवा कार्यालयको काम सेवा स्थानीय तहमा हस्तान्तरण, फाइदा के होलान् ?
काठमाडौं । करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ। आन्तरिक राजस्व विभागका अनुसार बुधबार मोरङको केराबारी गाउँपालिकामा अर्थमन्त्री रामेश्वर खनालले कर प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा अर्थमन्त्री खनालले कर सेवा स्थानीय तहमा विस्तार गर्नु प्रशासनिक संघीयताको महत्वपूर्ण उपलब्धि भएको बताए। वित्तीय संघीयता अघि बढे पनि प्रशासनिक संघीयता अपेक्षाअनुसार सुदृढ हुन नसकेको अवस्थामा यस कदमले कर प्रशासनलाई विकेन्द्रित गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
उनका अनुसार यस व्यवस्थाले करदातालाई सेवा लिन सहज बनाउने, कर भुक्तानीमा लाग्ने समय र लागत घटाउने, अनियमित व्यवहार न्यूनीकरण गर्ने तथा स्थानीय सरकारको आयस्रोत करको आधारमा विस्तार गर्न मद्दत पुर्याउनेछ। साथै, सुशासन प्रवर्द्धनमा समेत यसले योगदान गर्ने अपेक्षा गरिएको छ।
सो अवसरमा केराबारी गाउँपालिकाबाट पहिलो व्यावसायिक स्थायी लेखा नम्बर ‘द भ्वाइस क्याफे एन्ड रेस्ट्रो’लाई प्रदान गरिएको थियो भने व्यक्तिगत स्थायी लेखा नम्बर चित्रकुमार तामाङलाई हस्तान्तरण गरिएको छ। आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालयको काम स्थानीय तहमा हस्तान्तरणलाई नेपालको कर प्रशासन प्रणाली सुदृढीकरण र सुधारका दृष्टिले ऐतिहासिक कदमका रूपमा लिएको छ।
यस व्यवस्था लागू भएसँगै उद्योगी, व्यवसायी, सम्मानित करदाता तथा अग्रिम आयकर कट्टी गरी दाखिला गर्ने निकायले अब आफ्नै गाउँ वा नगरपालिकाबाट करसम्बन्धी दर्ता, विवरण पेशलगायतका सेवा लिन सक्नेछन्।
विभागका अनुसार यसले करदाताको समय र खर्चमा उल्लेख्य बचत गर्नुका साथै सेवामुखी कर प्रशासन प्रवर्द्धनमा सहयोग पुर्याउनेछ। संघीय कर कानुनअनुसार कर संकलन तथा सेवा प्रक्रियामा स्थानीय तहको संलग्नताले राजस्वको आधार स्थानीय तहबाटै विस्तार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
उल्लेखनीय छ, मन्त्रिपरिषद्को १७ कात्तिकको निर्णयअनुसार करदाता सेवा कार्यालय खारेज गरी ती कार्यालयबाट दिइँदै आएका सेवा कोष तथा लेखा नियन्त्रक कार्यालय र सम्बन्धित स्थानीय तहबाट प्रदान गर्ने व्यवस्था गरिएको हो।
Comments
अरु समाचार
-
‘अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक’
विराटनगर । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लाेकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा बुधबारबाट...
-
बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा २९ लेखापढी व्यवसायी पक्राउ
विराटनगर । जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा बिचौलिया गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट २९ जना लेखापढी व्यवसायीलाई नियन्त्रणमा...
-
ट्रम्पले नेपाललगायत २९ देशबाट किन फिर्ता बोलाए राजदूत ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललगायत २९ देशबाट राजदूत फिर्ता बोलाएका छन् । ३० जना अनुभवी राजदूतहरूलाई पदबाट हटाएर...
-
प्रधानमन्त्री कार्कीले राजनीतिक दललाई भनिन्- मेरो गोरुको बाह्रै टक्का नभन्नूस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरू चुनावको पक्षमा रहेको बताएकी छन् । सर्वपक्षीय बैठकमा सबै दलका नेता, जेनजी प्रतिनिधिहरूको...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...












