ताजा समाचार

नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम

काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको छ ।

काठमाण्डौको याक एण्ड यति होटलमा यस अवसरमा एउटा भव्य कार्यक्रममार्फत दुई देशबीचको सम्बन्धलाई स्मरण गरिएको छ ।

वि.सं. २०१२ साउन १९ गते तदनुसार १९५५ अगष्ट ३ तारिखका दिन औपचारिक रुपमा स्थापना भएको उक्त सम्बन्धले सात दशक पार गरेको अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासले ठूलो जमघटको आयोजना गरेको हो ।

भर्खर नयाँ जिम्मेवारी सम्हाल्न आइपुगेका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निम्तो मान्न नेपाल सरकारका मन्त्री, संवैधानिक अङ्गका पदाधिकारीहरु, सचिवलगायत सरकारी उच्च अधिकारीहरु,विभिन्न कूटनीतिक नियोगका कर्मचारीहरु, नागरिक समाजका अगुवा, सुरक्षा प्रमुखहरु, विभिन्न मैत्री संघ, संगठनका प्रतिनिधि तथा सञ्चारकर्मी र विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरुको उपस्थिति थियोे ।

यसबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्वन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ भने दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ । गत हप्ता मात्रै पनि चौथो नेपाल चाइना सन्चार सम्मेलन सम्पन्न भएको छ । यसवीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्धन गर्ने उध्देश्यसहित “विश्व अमूर्त सांस्कृतिक धरोहर”प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।

बर्षभरी जसो विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामुलक कार्यक्रमहरू समेत आयोजना गरिएको र यो क्रम आउँदो बर्ष अझ बिस्तार हुने समेत बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org