ताजा समाचार

जर्मनीको फुटबललाई न्युएरले नेतृत्व गर्ने

manuel-neuer-150-_v-img__16__9__xl_-d31c35f8186ebeb80b0cd843a7c267a0e0c81647बर्लिन (जर्मनी), १७ भदौ । बायर्न म्युनिकका गोलरक्षक म्यानुयल न्युएरलाई बिहीबार जर्मनीको फुटबलको कप्तान बनाइएको छ ।

विश्वकप २०१४ को उपाधि हाँसिल गराउन सफल बास्टिएन स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिएपछि न्युएरलाई जर्मनीको फुटबलका कप्तानका रुपमा घोषणा गरिएको हो ।

जर्मनीको फुटबल समितिले ट्वीट गरी ३० वर्षे न्युएर सन् २०१८ मा हुने विश्वकपका लागि छनोट चरणको खेलमा जर्मनीको फुटबलको कप्तानी गर्नुहुनेछ ।

उहाँको नेतृत्वमा जर्मनीले पहिलो खेल नर्वेको ओस्लोमा आइतबार हुने छनौट चरणको खेल हुनेछ । – एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org