इरानद्वारा दोस्रो आणविक विद्युत परियोजना निर्माण सुरु
तेहरान (इरान), २६ भदौ । इरानले शनिबार रसियाली सहयोगमा दोस्रो आणविक विद्युत् परियोजना निर्माण सुरु गरेको छ ।
इरानद्वारा विश्व शक्ति राष्ट्रको पहलमा भएको आणविक हतियार सम्झौतापछि सुरु गरिएको यो ठूलो आणविक परियोजना हो ।
णविक विद्युत् परियोजना निर्माणका लागि आठ अर्ब पाँच करोड अमेरिकी डलर लाग्ने बताइएको छ । परियोजनाबाट जम्मा एक हजार ५७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।
इरानको दक्षिणी बन्दरगाह सहर बुसेहरमा निर्माण हुने यो आणविक परियोजनाअन्तर्गत दुईवटा ‘पावर प्लान्ट’ निर्माण गरिनेछन् । उक्त ‘पावर प्लान्ट’ निर्माण आगामी १० वर्षभित्र पूरा गर्ने उद्देश्य रहेको बताइएको छ । परियोजनाअन्तर्गत दोस्रो प्लान्ट निर्माण सन् २०१८ पछि सुरु गरिनेछ ।
इरानमा यो बृहद् विद्युत् परियोजनाको निर्माण इरानले आणविक सम्झौताबाट पाएको सुविधाको परिणाम मानिएको, इरानी वरिष्ठ उपराष्ट्रपति इशाक जहानगिरीले उक्त परियोजनाको समुद्घाटन समारोहमा बताउनुभयो ।
उहाँले आगामी दिनमा यस्ता सामरिक महत्वका परियोजना निर्माणमा रसियासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।
इरानले रसियासँग सहकार्य गर्दै यसअघि सन् २०११ मा पनि करिब एक हजार मेगावाट विद्युत् उत्पादन गरेको छ ।
इरानसँग कोइला तथा अन्य पेट्रोलियम पदार्थको प्रयो गरी ७५ हजार मेगावाट विद्युत् निर्माण निर्माण गर्न सक्ने क्षमता रहेको छ ।
इरानले आगामी १५ वर्षभित्र २० हजार मेगावाट विद्युत् आणविक शक्तिद्वारा निर्माण गर्ने लक्ष्य राखेको छ । – एपी
Comments
अरु समाचार
-
संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन हुन सकेनन्ः मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा व्यवस्था गरेका मौलिक हकहरु व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।...
-
सूचना प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापना गरिने बताएका...
-
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र...
-
आज राष्ट्रिय सूचना दिवस: सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनमा जोड
काठमाडौँ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास...
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...