ताजा समाचार

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

देउवाले आफ्नो निवास बुढानीलकण्ठमा दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

२८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको स्वकीय सचिव भानु देउवाले बताए ।

बजेट अधिवेशनबारे छलफल गर्न कांग्रेसले बिहीबार संसदीय दलको बैठक पनि बोलाएको छ । संसदीय दलको बैठकअघि देउवाले शीर्ष नेतासँग छलफल गरेर बजेट अधिवेशनमा कांग्रेसको आगामी रणनीति तय गर्न खोजेको देखिन्छ ।

कांग्रेसले लामो समयदेखि सहकारी ठगीमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ । लामिछानेको नाम उल्लेख नगरी संसदीय समिति गठनका लागि सत्ता पक्ष तयार देखिए पनि कांग्रेस सहमत भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org