प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि छ करोड
कञ्चनपुर, १० असोज । कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ ।
जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रु छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताउनुभयो ।
पाँच सय हेक्टर जमिनलाई जोन, सय हेक्टर जमिनलाई ब्लक र १० हेक्टर जमिनलाई पकेट क्षेत्र निर्धारण गरी परियोजना अगाडि बढाइने उहाँले बताउनुभयो ।
अधिकृत थापाका अनुसार यहाँ परियोजनाअन्तर्गत एक जोन, दुई ब्लक र ४५ वटा पकेट क्षेत्र निर्धारण गरिएका छन् । जोन क्षेत्र धान खेतीका लागि छनोट गरिएको छ र ब्लक तथा पकेट क्षेत्रमा व्यावसायिक रुपमा हुने बाली, फलफूल र तरकारी खेती गरिनेछ ।
दीर्घकालीन रुपमा सञ्चालन हुने परियोजनामा कृषिको उत्पादन, यान्त्रीकरण, बजारीकरण, सिँचाइ, प्रशोधन, कृषि शिक्षा, रोगकिरा नियन्त्रण लगायतलाई प्राथमिकतामा राखिएको छ । “बजेटको अख्तियारी आएपछि परियोजनाका कार्यलाई बढाउने गरी तयारी गरेका छौँ,” वरिष्ठ कृषि विकास अधिकृत थापाले भन्नुभयो । परियोजनामा सुदूरपश्चिम क्षेत्रमा कैलालीमा मात्रै गहुँ खेतीका लागि एक हजार हेक्टर क्षेत्रफल जमिन सुपर जोनमा राखिएको छ । देशभर सञ्चालन हुने परियोजनाका लागि पाँच अर्ब ७८ करोड बजेट विनियोजन भएको बताइएको छ । रासस
Comments
अरु समाचार
-
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
काठमाडौं । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका...
-
सुनको मूल्य प्रतितोला रु दुई हजारले बढ्यो
काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको...
-
समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीलाई १५ दिनभित्र दायित्व भुक्तानी गर्न सार्वजनिक सूचनामार्फत आह्वान...
-
नेपाल वायुसेवा निगमद्वारा छ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी...
-
सुनको मूल्य तोलामा रु छ सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै
भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको...
-
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव हुने
काठमाडौं । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत्...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि...
-
भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ ।...