महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान
रत्ननगर (चितवन), २६ मङ्सिर । पूर्वी चितवनको रत्ननगर–१३ जयमङ्गलामा चलिरहेको श्रीमद् भागवत धनधान्याचल ज्ञान महायज्ञमा एकै व्यक्तिद्वारा रु १० लाख दान गरिएको छ ।
रत्ननगर–१३ जयमङ्गलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको आयोजनामा चलिरहेको महायज्ञमा स्थानीय व्यवसायी भेषराज दुवाडीले रु १० लाख दान गर्नुभएको छ ।
महायज्ञ मूल समारोह समितिका संयोजकसमेत रहनुभएका दुवाडीले पुण्य कामका लागि आफूले सो रकम दान गरेको बताउनुभयो ।
श्रीराम मन्दिर परिसरमा संस्कृत विद्यापीठ बनाउने उद्देश्यले सञ्चालन गरिएको महायज्ञमा शनिबारसम्म रु ३७ लाख २४ हजार ६५० आर्थिक सङ्कलन भएको छ ।
रत्ननगर–१३ निवासी लक्ष्मीप्रसाद कट्टेलले रु एक लाख ५१, नरराज सुवेदीले रु एक लाख ११ हजार, श्यामकृष्ण बगालेले रु एक लाख ११ हजार, रामप्रसाद भट्टराईले रु एक लाख एक हजार र दयाराम कँडेलले रु एक लाख एक हजार सहयोग गर्नुभएको छ ।
वैदिक सनातन धर्मको संरक्षण, हालको गुरुकुलमलाई कक्षा १२ सम्म विस्तार, गुरुकुलमका लागि छुट्टै आवास तथा छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागि महायज्ञ आयोजना गरिएको हो ।
छात्रावास निर्माण र मन्दिर परिसरको पुरानो ऐतिहासिक संरचनाको जीर्णोद्धारका लागिसमेत महायज्ञबाट आएको रकम खर्चिने छ ।
महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले कथावाचन गरिरहनुभएको छ । मङ्सिर २९ गतेसम्म चल्ने महायज्ञबाट रु एक करोड उठाउने लक्ष्य राखिएको छ । रासस
Comments
अरु समाचार
-
अन्नपूर्णको आधार शिविर क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा पर्यटन व्यावसायी उत्साहित
काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दसैँको...
-
रविलाई विहान ३ बजे पोखरा पुर्याइयो, भोलि अदालतमा उपस्थित गराइने
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा पुर्याइएको छ । शुक्रबार...
-
ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
देउखुरी (दाङ)। वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गर्नुभएको छ । उहाँको...
-
पक्राउ गरेपछि रविलाई पोखरा लगियो, ठूलो संख्यामा रास्वपाका नेता-कार्यकर्ता पछि लागे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी कार्यालयबाट प्रहरीले पक्राउ गरेर पोखरा लगेको छ...
-
सहकारी ठगीमा रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी...
-
रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...
-
रविलाई पक्राउ गर्न प्रहरीले अदालतबाट लियो अनुमति
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ ।जिल्ला प्रहरी कार्यालय, कास्कीले...
-
इटहरीका दश परिवार नाङ्लो बुनेर लोभलाग्दो आम्दानी गर्दै
काठमाडौं । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका १० परिवारले नाङ्लो बुन्ने पुख्र्यौली पेसा अपनाएका छन् । व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका...
-
फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार
काठमाडौं । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक...