बालोन डि’ओर जितेपछि रोनाल्डोले भने– मैले सपनामा पनि सोचेको थिइनँ
काठमाडौं, मंसिर २८ (एजेन्सी)
चौथो पटक फ्रान्सको सर्वोत्कृष्ट फुटबल अवार्ड ‘बालोन डि’ओर’ जितेपछि रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो सपना फेरि पुरा भएको प्रतिक्रिया दिएका छन्।
उनले सोमबार राति सम्पन्न अवार्ड समारोहलाई भिडियोमार्फत सम्बोधन गर्ने क्रममा आफूलाई पहिलो अवार्ड जितेसरह भएको बताए। ३१ वर्षीय रोनाल्डोले आफ्ना फुटबल प्रतिद्धन्द्धी बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै ‘बालोन डि’ओर’ मा कब्जा जमाएका हुन्।
रोनाल्डोलाई गत सिजन सर्वाधिक ५१ गोल, रियललाई च्याम्पियन्स लिगको उपाधि जिताउदा एट्लेटिको म्याड्रिडविरूद्ध फाइनलमा पेनाल्टी गोल र यस वर्ष देशलाई पहिलो युरो कप जिताएको कारण फ्रान्सको सर्वोत्कृष्ट अवार्डबाट सम्मानित गरिएको बताइएको छ।
उनले सपनामा पनि आफूले चार पल्ट यो पुरस्कार जित्छु भन्ने नलागेको बताए। ‘म अत्यन्त खुसी छु। यो अवसरमा म्याड्रिडका आफ्ना समकक्षी खेलाडी, राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक, समर्थक सबैलाई धन्यबाद भन्न चाहन्छु।’ उनले यो अवार्ड जित्ने सबै खेलाडीको सपना हुने गरेका कारण आफू कति खुसी भएको सहजै अनुमान लगाउन सकिने बताए।
‘म धेरै खुसी छु,’ रोनाल्डोले भने।
सन् २०१० देखि विश्व फुटबल महासंघ (फिफा) सँग संयुक्त रूपमा प्रदान गरिने यो पुरस्कारसँग फिफाको सम्झौता यसै वर्ष रद्ध भएको थियो। रोनाल्डोले रियल म्याड्रिडबाट तेस्रो पल्ट पुरस्कार जितेका हुन्। सन् २००८ मा म्यानचेस्टर युनाइटेडमा हुँदा उनले पहिलो पल्ट यो अवार्ड जितेका थिए।
म्याड्रिड आगमनपछि उनले सन् २०१३ र २०१४ मा ‘बालोन डि’ओर’ जितेका थिए।
‘बालोन डि‘ओर’ अवार्ड सन् १९५६ देखि प्रदान गर्न सुरु गरिएको हो। यो अवार्ड जित्ने पहिलो खेलाडी इङ्ल्यान्डको ब्ल्याकपुल (हालको लिभरपुल) का स्टेनले म्याथ्युस थिए। सन् १९९४ सम्म यो अवार्ड युरोपकै खेलाडीले जित्दै आइरहेका थिए। तर, यसको क्रम भंग एसी मिलानका लिबियन स्ट्राइकर जर्ज वेहाले गरेका थिए। उनी युरोपभन्दा बाहिरको खेलाडीको रूपमा यो अवार्ड जित्ने पहिलो खेलाडी हुन्।
सेप ब्लाटरको कार्यकालमा सन् २०१० देखि यो पुरस्कारलाई फिफा वर्ष खेलाडीको रूपमा प्रदान गर्दै आइरहेको थियो। ब्लाटर भ्रष्टाचारको मुद्दामा मुछिएपछि यसै वर्षदेखि फिफाले फ्रेन्च फुटबलसँगको सम्झौता रद्ध गरेको थियो।
Comments
अरु समाचार
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको...
-
विश्वकप लिग-२: नेपालले आज चिरपरिचित प्रतिद्वन्दी ओमानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको...
-
कमजोर ब्याटिङका कारण पहिलोपटक ओडीआईमा क्यानडासँग नेपालको हार
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ ।...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा इंग्ल्यान्डलाई ३ विकेटको जित
इंग्ल्यान्ड । लियाम लिभिङस्टोनले आफ्नो ५० औं टी-२० अन्तर्राष्ट्रिय खेललाई यादगार बनाउँदै ब्याटिङ गरेपछि इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको दोस्रो टी-२० प्रतिस्पर्धामा ३...
-
सामाजिक सञ्जालमा रोनाल्डोको इतिहास, एक अर्ब फलोअर्स पाउने पहिलो व्यक्ति
काठमाडौं । स्टार फुटबलर क्रिश्टियानो रोनाल्डोले सामाजिक सञ्जालको प्लेट फर्ममा एक अर्ब फलोअर्स प्राप्त गर्ने पहिलाे व्यक्ति बनेका छन् ।...
-
प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्द्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...