विश्वभरका शिख धर्मावलम्बीको चहलपहल पटनामा
कृष्णराज गौतम/ विजयकुमार महतो/पटना, २१ पुस । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ ।
गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश उत्सवका रुपमा मान्यता दिँदै विहार सरकारले मङ्गलबारदेखि राज्यमा तीनदिने र्सावजनिक बिदाको घोषणा गरेको छ । अहिले राजधानी पटनालाई बेहुली जस्तै सिँगारिएको छ ।
विश्वभरिबाट आएका शिख धर्मावलम्बी तथा शिख धर्ममा आस्था राख्नेका लागि सरकारले पटनाको गान्धी मैदानमा विशेष व्यवस्था मिलाएको छ । सोही कार्यक्रममा भाग लिन आउनुभएका नेपालको वीरगन्जस्थित गुरु नानक सेवा प्रतिष्ठान, शोध केन्द्रका अध्यक्ष जसपाल सिंहका अनुसार गान्धी मैदानमा गुरुग्रन्थको दर्शनको समेत व्यवस्था गरिएको छ ।
उत्सवमा विश्वभरिबाट आएका दश लाखभन्दा बढी भक्तालु तथा श्रद्धालुको भेला हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पाहुनाको खाने–बस्ने व्यवस्था विहार सरकार र स्थानीय हरमन्द्रर गुरुद्वारा प्रबन्धक कमिटीले मिलाएको छ । गान्धी मैदानमा गुरुले तत्कालीन समयमा धर्म रक्षाका लागि प्रयोग गरेका शस्त्र र उहाँले तयार पारेको ग्रन्थलाई सर्वसाधारणको दर्शनका लागि प्रदर्शनमा राखिएका छन् । गान्धी मैदानमा गुरुकालीन महल र उहाँले बनाएका विभिन्न दरबार तथा सम्बन्धित सामग्रीको प्रतिविम्ब झल्कने वस्तु सजाइएको छ ।
यही पुस १७ देखि २२ गतेसम्म विविध धार्मिक गतिविधि सञ्चालन हुने उक्त उत्सवको मुख्य कार्यक्रम बिहीबार गरिनेछ ।
समारोहमा सहभागी हुन नेपालबाट आउनुभएका सुबोधकुमार यादवले गोविन्दसिंहले नेपालको पूर्वी भेगस्थित सुनसरीको बराह क्षेत्रमा पुगेर मानवकल्याण तथा शान्ति स्थापनाका लागि विभिन्न गतिविधि गर्नुभएको जानकारी दिनुभयो । मुगल शासक औरङ्गन्जेबले हिन्दू मठ, मन्दिर तथा सम्पदामाथि आक्रमण गर्दा पीडित बनेका हिन्दू धर्मावलम्बीको संरक्षण र हिन्दू दर्शन जगेर्नाका लागि गोविन्दसिंहले सशस्त्र युद्ध गर्नुभएको बताइएको छ ।
शिखहरुका गुरु नानकले ईश्वर एक मात्र छन्, गरिबलाई नबिर्स, महिला पुरुष समान छन्, जङ्गलामा जाँदा मात्र ज्ञानोदय हुने होइन, अहङ्कार–रिस–लोभ– कामुकता र मोहबाट बच, आफ्नो गुरु आफैँ पत्ता लगाऊ, निःस्वार्थ बन, अन्धविश्वासविरुद्ध जुध, सरलता नै सौन्दर्य हो र घुमघाम गर भन्ने मुख्य सन्देश दिएका छन् ।
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...