ताजा समाचार

सरकारले संविधान कार्यान्वयन गर्नुको साटो संशोधन प्रस्ताव ल्याएको पोखरेलको आरोप

बुटवल, २८ पुस । नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले निर्वाचन घोषणा गर्नु र संविधान कार्यान्वयन गर्नुको साटो सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ ।

संविधान कार्यान्वयन गराउने दायित्व पूरा गराउनुको साटो संशोधन प्रस्ताव ल्याएर सरकारले विवाद बढाएको छ भन्दै उहाँले जबरजस्ती ल्याएको संशोधन प्रस्तावलाई संसद्मा सही बाटोबाट छलफल हुन र पारित हुन नदिनेसमेत स्पष्ट पार्नुुभयो ।

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सत्तारुढ दलले संविधान सर्वस्वीकार्यका नाममा संविधान संशोधनबाट १० प्रतिशतलाई रिझाउने र ३३ प्रतिशतलाई अलग्याउने काम गरेको छ भन्दै नेता पोखरेलले भन्नुभयो– संविधान संशोधन प्रस्ताव नेपाल, नेपाली जनता र मधेसी समुदायको समेत हितविरुद्ध रहेकाले यसलाई असफल बनाउनेमा नेकपा (एमाले) को स्पष्ट अडानमा छ भन्नुभयो ।
सत्तारुढ दलले विभिन्न बहानामा विवादका विषय आफैँ सिर्जना गरेर निर्वाचन नगराउने र संविधानसमेत कार्यान्वयन नगर्ने उद्देश्यले सरकार लागेको आरोप लगाउँदै उहाँले जनताको चाहना विपरीत प्रदेश नं ५ लाई विभाजन गरेर पहाड र तराईलाई अलग गर्ने प्रयास गलत भएको आरोप पनि लागाउनुभयो । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org