ताजा समाचार

भेरीमालिका नगरपालिकाको तेस्रो नगर परीषद् सम्पन्न,१५ करोड वजेट प्रस्ताव

जाजरकोट २ माघ । जाजरकोटको भेरीमालिका नगरपालिकाले शुक्रवार तेस्रो नगर परीषद् सम्पन्न गरेको छ । नगरपालीकाले नगर परिषद् मार्फत आगामी आ.व. का लागि  बर्षको १५ करोडको वजेट प्रस्तावित गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्का निर्णय सार्वजनिकीकरण समारोहमा शुक्रवार कार्यकारी अधिकृत रामप्रसाद शर्माले आगामी आर्थिक बर्ष ०७४/७५ का लागि कुल १५ करोड ३७ लाख ४० हजारको बजेट सार्वजनिक गरेका छन् । पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतले उद्घाटन गरेको परिषद्को सार्वजनिकरण समारोहमा कार्यकारी अधिकृत शर्माले पुँजीगत तर्फ ८ करोड ८८ लाख ८० हजार र चालु खर्च तर्फ ६ करोड ४८ लाख ६० हजार रुपैया विनियोजन गरेको उल्लेख गरेका हुन् । ।
बजेटको कृषि बन तथा वातावरण तर्फ ११ लाख ५० हजार , पुर्वाधार र संरक्षण तर्फ ४ करोड ९२ लाख ८७ हजार, जनसंख्या तथा सामाजिक विकास तर्फ ८८ लाख ९३ हजार,जलश्रोत,भुमि , विपद र सम्पुरकतर्फ २२ लाख ९८ हजार तथा संगठन तथा प्रशासन तर्फ ९ करोड २१ लाख रकम विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त अनुदान र आन्तरिक आय नै बजेटको आम्दानीको स्रोत भएको कार्यकारी अधिकृत शर्माले वजेटमा उल्लेख गरेका छन् ।  

परिषद्ले पूर्वाधार विकासतर्फ विद्युतिकरण र ग्रामिण सडक विस्तारमा जोड दिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने , नगरपालिकालाई पुर्ण सरसफाईयुक्त , पुर्णखोपयुक्त , घरभित्रको धुवा रहित , पुर्ण साक्षर , लैगिंकहिंसामुक्त , बालश्रममुक्त , जातिय विभेदमुक्त समाजको निमार्ण बजेटको विनियोजन गरिएको कार्यकारी अधिकृत शर्माले वताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org