भेरीमालिका नगरपालिकाको तेस्रो नगर परीषद् सम्पन्न,१५ करोड वजेट प्रस्ताव
जाजरकोट २ माघ । जाजरकोटको भेरीमालिका नगरपालिकाले शुक्रवार तेस्रो नगर परीषद् सम्पन्न गरेको छ । नगरपालीकाले नगर परिषद् मार्फत आगामी आ.व. का लागि बर्षको १५ करोडको वजेट प्रस्तावित गरेको छ । नगरपालिकाको तेस्रो नगर परिषद्का निर्णय सार्वजनिकीकरण समारोहमा शुक्रवार कार्यकारी अधिकृत रामप्रसाद शर्माले आगामी आर्थिक बर्ष ०७४/७५ का लागि कुल १५ करोड ३७ लाख ४० हजारको बजेट सार्वजनिक गरेका छन् । पूर्व गृहमन्त्री तथा जाजरकोट क्षेत्र नं १ का सांसद शक्तिबहादुर बस्नेतले उद्घाटन गरेको परिषद्को सार्वजनिकरण समारोहमा कार्यकारी अधिकृत शर्माले पुँजीगत तर्फ ८ करोड ८८ लाख ८० हजार र चालु खर्च तर्फ ६ करोड ४८ लाख ६० हजार रुपैया विनियोजन गरेको उल्लेख गरेका हुन् । ।
बजेटको कृषि बन तथा वातावरण तर्फ ११ लाख ५० हजार , पुर्वाधार र संरक्षण तर्फ ४ करोड ९२ लाख ८७ हजार, जनसंख्या तथा सामाजिक विकास तर्फ ८८ लाख ९३ हजार,जलश्रोत,भुमि , विपद र सम्पुरकतर्फ २२ लाख ९८ हजार तथा संगठन तथा प्रशासन तर्फ ९ करोड २१ लाख रकम विनियोजन गरिएको छ । नेपाल सरकारबाट प्राप्त अनुदान र आन्तरिक आय नै बजेटको आम्दानीको स्रोत भएको कार्यकारी अधिकृत शर्माले वजेटमा उल्लेख गरेका छन् ।
परिषद्ले पूर्वाधार विकासतर्फ विद्युतिकरण र ग्रामिण सडक विस्तारमा जोड दिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने , नगरपालिकालाई पुर्ण सरसफाईयुक्त , पुर्णखोपयुक्त , घरभित्रको धुवा रहित , पुर्ण साक्षर , लैगिंकहिंसामुक्त , बालश्रममुक्त , जातिय विभेदमुक्त समाजको निमार्ण बजेटको विनियोजन गरिएको कार्यकारी अधिकृत शर्माले वताए
Comments
अरु समाचार
-
घट्न थाल्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बहुमूल्य पहेलो धातु (सुन)को मूल्यल उच्च कीर्तिमान कायम गरेर फेरी घट्न थालेको छ । केहीदिन पहिलासम्म...
-
राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सांसदद्वारा माग
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानुन ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय...
-
‘साना तथा मझौला उद्योग प्रवर्द्धनको प्रयासमा उद्योग वाणिज्य महासंघ’
काठमाडौँ, २ असोजः नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ...
-
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको ५५ प्रतिशत काम सकियो
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ५५ प्रतिशत काम सकिएको छ ।...
-
नेप्से परिसूचक ५७ अङ्कले घट्दा कारोबार रकम साढे सात अर्बमा खुम्चियो
काठमाडौं । यो साता कारोबारको लगातार दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आइतबार ५०...
-
चितवनमा बिक्री भएन पाँचसय मेट्रिक टन मह
काठमाडौं । यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन...
-
पहेलो धातुको मूल्य हाल सम्मकै उच्च
काठमाडौं । बहुमूल्य पहेलो धातु(सुन)को मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन प्रतितोला पाँच सय रुपैयाँले बढेको...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
पेट्रोलकाे प्रतिलिटर चार र डिजेलको पाँच रुपैयाँ मूल्य घटाइयो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको...