ताजा समाचार

धोनीले कप्तान नभएको बिर्सिएपछि…

 

पूणे ३  माघ ।  महेन्द्रसिंंह धोनीले भारतको एकदिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा गरेको साता दिन बितिसकेको छ। उनको स्थानमा विराट कोहलीलाई भारतीय क्रिकेट बोर्डले क्रिकेटको तीनवटै विद्यामा कप्तान पनि नियु्क्त गरिसकेको छ।

विराटकै नेतृत्वमा आइतबार राती भारतले पूणेमा इङ्ल्यान्डविरुद्ध पहिलो एकदिवसीय खेल्यो। जसमा एउटा रोचक घटना घट्न पुग्यो। धोनीले त्यो खेलमा आफूले कप्तानबाट सन्यास लिएको बिर्सिए। र, उनले इङ्लिस कप्तान इयान मोर्गनको विषयमा निर्णय पुनर्विचार गर्न फिल्ड अम्पायरलाई आदेश दिए।

खेलको २७ मिनेटमा हार्दिक पाण्डेयको अन्तिम बल मोर्गनको ब्याटमा हल्का लागेर धोनीको ग्लोब्समा पुगेको थियो। धोनीले विकेट पछाडिबाट अपिल गरेपनि अम्पायरले आउट दिन मानेनन्। त्यसपछि उनले अम्पायरलाई निर्णयमा पुनर्विचार गर्न आफ्नो हातलाई ‘टि’ (युडिआरएसको मागको संकेत) बनाए।
त्यसको केही क्षणमै उनलाई महसुस भयो, कप्तान आफू होइन भन्ने। यसपछि उनले एकदिवसीयमा पहिलो पल्ट कप्तानी गरिरहेका विराटतर्फ हेरे। विराट पनि धोनीको निर्णयप्रति विश्वस्त थिए। उनले तुरुन्तै निर्णय पुनर्विचार गर्न माग गरे। तेस्रो अम्पायरले टेलिभिजन रिप्ले हेरेपछि भारतको पुर्नविचारको मागलाई सही ठहर्‍यायो र मोर्गनलाई आउट दियो। एजेन्सी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org