ताजा समाचार

लोकमान विदेश वस्ने भन्ने समाचार निराधार,स्वास्थ्य परीक्षण गराएर केही दिनमै नेपाल फर्किने

 काठमाडौं, ३ माघ ।  उपचार निम्ति भारत गएका लोकमान सिंह कार्की ‘नेपाल नफर्कने’ हल्ला निराधार भएको र उनी ‘पाँच-सात दिनमै फर्कने’ निकट पारिवारिक जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सर्वोच्च अदालतले अयोग्य ठहर गरेका कार्की उपचारका लागि भारत गएका छन्।

उनी पूरै शरीर जचाउन भन्दै आफ्नी पत्नी सुनीताका साथ भारत गएका हुन्। आफ्नो मुद्दा सर्वोच्च अदालतमा ब्युँतिएयता उनी तनावमा थिए। यसबीच थापाथलिस्थित नर्भिक अस्पतालमा उपचारसमेत गराइरहेका थिए।

 कार्कीका ज्वाइँ प्रबल थापाका अनुसार उनको रक्तचाप बढेकाले पूरै शरीर जचाउन भारत गएका हुन्।  ‘उहाँ अब नेपाल फर्किनुहुन्न भनेर बाहिर समाचार आएको छ त्यसो होइन, पाँच–सात दिनमै उहाँ फर्किनुहुन्छ,’ थापाले भने।  

अख्तियार प्रमुखका रूपमा तीन वर्षअघि नियुक्त भएका कार्कीलाई अघिल्लो साता सर्वोच्च अदालतले अयोग्य ठहर्याएको थियो। अख्तियार प्रमुख हुनलाई चाहिने योग्यता र उच्च नैतिक चरित्र नभएको सर्वोच्चको ठहरसँगै कार्की अख्तियार छाडेर निस्किएका थिए। उनीमाथि संसदले समेत महाअभियोग दर्ता गरेको थियो। 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org