लोकमान विदेश वस्ने भन्ने समाचार निराधार,स्वास्थ्य परीक्षण गराएर केही दिनमै नेपाल फर्किने
काठमाडौं, ३ माघ । उपचार निम्ति भारत गएका लोकमान सिंह कार्की ‘नेपाल नफर्कने’ हल्ला निराधार भएको र उनी ‘पाँच-सात दिनमै फर्कने’ निकट पारिवारिक जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि सर्वोच्च अदालतले अयोग्य ठहर गरेका कार्की उपचारका लागि भारत गएका छन्।
उनी पूरै शरीर जचाउन भन्दै आफ्नी पत्नी सुनीताका साथ भारत गएका हुन्। आफ्नो मुद्दा सर्वोच्च अदालतमा ब्युँतिएयता उनी तनावमा थिए। यसबीच थापाथलिस्थित नर्भिक अस्पतालमा उपचारसमेत गराइरहेका थिए।
कार्कीका ज्वाइँ प्रबल थापाका अनुसार उनको रक्तचाप बढेकाले पूरै शरीर जचाउन भारत गएका हुन्। ‘उहाँ अब नेपाल फर्किनुहुन्न भनेर बाहिर समाचार आएको छ त्यसो होइन, पाँच–सात दिनमै उहाँ फर्किनुहुन्छ,’ थापाले भने।
अख्तियार प्रमुखका रूपमा तीन वर्षअघि नियुक्त भएका कार्कीलाई अघिल्लो साता सर्वोच्च अदालतले अयोग्य ठहर्याएको थियो। अख्तियार प्रमुख हुनलाई चाहिने योग्यता र उच्च नैतिक चरित्र नभएको सर्वोच्चको ठहरसँगै कार्की अख्तियार छाडेर निस्किएका थिए। उनीमाथि संसदले समेत महाअभियोग दर्ता गरेको थियो।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...