ताजा समाचार

मेसी, रोनाल्डोभन्दा नेइमार मूल्यवान

काठमाडौं, माघ ४  ।ब्राजिलियन स्टार नेइमार जुनयर युरोपका सबैभन्दा मूल्यवान खेलाडी भएका छन्। एक अध्ययन अनुसार दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ मूल्यसहित बार्सिलोनाबाट व्यवासयीक फुटबल खेल्ने नेइमार युरोपमा सबैभन्दा मूल्यवान खेलाडी रहेको देखिएको हो। सिआइइएस फुटबल अब्जरभेटरी स्टडीले युरोमा रहेका एक सय मूल्यवान खेलाडीको सूचि सार्वजनिक गरेको हो । सूचिमा इंग्लिस प्रिमियर लिगमा खेल्ने ४२ खेलाडी परेका छन् । नेइमारले लियोनल मेसी, क्रिष्टियानो रोनाल्डोलाई पनि पछि पारेका छन्। सिआइइएस फुटबल अब्जरभेटरी स्टडीका अनुसार दोस्रो स्थानमा रहेको मेसीको मूल्य एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ छ। यस्तै तेस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको १३६ मिलियन पाउण्ड स्ट्रर्लिङ छ।

युरोपका शीर्ष १० मूल्यवान खेलाडीको सूची

१. नेइमार (बार्सिलोना)- दुई सय १६ मिलियन पाउण्ड स्ट्रर्लिङ

२. मेसी (बार्सिलोना) – एक सय ४९ मिलियन पाउण्ड स्ट्रर्लिङ

३. पउल पोग्बा (म्यान्चेष्टर युनाइटेड) -१३६ मिलियन पाउण्ड स्ट्रर्लिङ

४. एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड) -१३२ मिलियन पाउण्ड स्ट्रर्लिङ

५. लुइस स्वारेज (बार्सिलोना)-१२७ मिलियन पाउण्ड स्ट्रर्लिङ

६. ह्यारी केन (टोटनह्याम) – १२२ मिलियन पाउण्ड स्ट्रर्लिङ

७. क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड)- १११ मिलियन पाउण्ड स्ट्रर्लिङ

८ . पाउलो ड्याबाला (युभेन्टस)- ९९.९ मिलियन पाउण्ड स्ट्रर्लिङ

९. डेल अली (टोटनह्याम)-९६ मिलियन पाउण्ड स्ट्रर्लिङ

१०. इडन हर्जाड (चेल्सी)- ८९ मिलियन पाउण्ड स्ट्रर्लिङ

एजेन्सीको सहयोगमा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org