खुलेआम उपभोक्ता ठग्छन् व्यापारी,अनुगमनकर्ता रमिते !
नेपाली आम उपभोक्ताहरु व्यापारिबाट विभिन्न तरिकाले ठगिने गरेका छन् । कहिले कम ग्यास भएका सिलिण्डर त कहिले कम परिणामको तेल त कहिले कम तौलका खाद्य सामंग्रीहरु र फलफुलहरु उपभोग गर्न वाध्य पारिएको छ । काठमाडौं लगायत मुलुकका विभिन्न शहरहरुमा खोलीएका सुविधासम्पन्न डिपार्टमेन्टरस्टोर लगायतका ठूलासाना पसलहरुमा मयाद गुज्रेका खाद्यान्नको विगविगी बढीरहेको छ ।
सरकारले पछिल्ला दिनहरुमा अनुगमनको कार्यलाई निरन्तरता दिएको छ । तर,औसीपूणे जस्तो गरेर हुँदैन । अनुगमनलाई तीव्रता दिनुपर्छ । औषधी, पेट्रोलियम पदार्थ, सुन पसलहरुमा छापा मारी कमसल र तौल र परिमाणमा ठगी गर्नेहरुलाई हुँदै सम्मको कानुनी कारवाही गरिनुपर्दछ । म्याद नाघेका औषधी मात्रै होइन् लेवल नभएका, मिति, ब्याच, उत्पादन मिति र म्याद सकिने मिति नभएका सामानहरु बजारमा छ्यापछयाप्ती भेटीएका छन् । त्यस्ता सामान बेच्नेहरुलाई किन कारवाही गरिएको छैन ? उपभोक्ताहरुले किन्ने सामानहरु जोख्नका लागी राखिएका डिजिटल मेसिनहरुबाट आम नागरिकहरु ठगिएका छन् । सुन किन्न जांदा जर्ती मात्रै होइन सुन जोख्ने डिजीटल मेसिन समेत नक्कली र गुणस्तर विभागमा दर्ता नभएका ढक तराजुहरु भेटीएका छन् भने तरकारी बजार, फलफुल बजार, किराना पसलहरुमा समेत नक्कली ढक तराजुको विगविगी रहेको छ । तर, उपभोक्ताहरुको हकहितका लागि खोलीएको सरकारी निकाय नापतौल तथा गुणस्तर विभाग किन चुप बसीराखेको छ ?
नुनदेखी सुनसम्म, खानेपानीदेखी खाद्यान्नका अन्य सामानहरुमा हुने मिसावट र कम गुणस्तर प्रयोग गर्दा समेत गुणस्तर विभाग मौन भएको हो की भन्ने जनगुनासो रहेको छ । मानिसको जिवनमा प्रत्यक्ष रुपमा सरोकार राख्ने पानी जस्तो संवेदनशील बस्तुमा समेत मिसावट र पानीमा लेडो भेटीनु, पेय पदार्थहरुको नक्कली सामान बजारमा आउनु, मिठाई लगायत खाद्यान्न सामंग्रीहरुमा अखाद्य वस्तुहरु भेटीनुमा सरकारको कमजोर प्रशासन र अनुगमन नै हो ।
जहां गयो त्यहीं मिसावट अनि कम तौल भएका वस्तुहरु बजारमा भेटीनुलाई कस्को कमजोर मान्ने? ढक तराजुहरु नापतौल विभागबाट प्रमाणित हुनुपर्नेमा त्यसो हुन सकेको पाईंदैन् । बजारमा कम तौल भएका ढक तराजु छयापछ्याप्ती भेटीन्छन् । तरकारी बेच्ने ठेलागाडा देखी फलफुल बेच्ने व्यापारी, सुन बेच्ने पसलहरुमा समेत ठगी भएको भन्ने गुनासाहरु बाहीर आएकै हुन् तर सरकार तिनलाई किन कारवाही गर्नसक्दैन? संम्बन्धित निकाय किन मौन छ सर्वत्र जिज्ञासाको विषय बन्न पुगेको छ ।
आयल निगमले वितरण गर्ने पेट्रोलियम पदार्थमा समेत कम तौल र परिणाम भएको खवर समय समयमा बाहिर नआएका होइनन् । केही पेट्रोलियम पदार्थ बेच्ने पम्पहरुमा सिलबन्दी गरी कारवाहीको शुरुवात सरकारले गरेतापनि त्यो पर्याप्त र दिगो हुनसकिरहेको छैन् । निरिह जनताहरु बजारमा सामान नपाइएला कि भनेर जतिसुकै ठगीनुपरे पनि सामान किन्न बाध्य भएका छन् । उपभोक्ताहरु पनि आफू ठगिएको थाहा हुंदाहुंदैपनि संम्बन्धित निकायमा उजुर नगरी कालाबजारीयाहरुलाई प्रश्रय दिईरहेका छन् ।
उपभोक्ताहरु आफू सचेत नभएसम्म कालाबजारीयाहरु मौलाउंदै जाने कुरामा दुईमत हुनसक्दैन् । अर्कातर्फ उजुरी गरिहालेपनि ठग ब्यापारीहरुलाई मिलापत्र गरी छोड्ने गलत परम्पराले गर्दा पनि कालाबजारीयाहरु ब्ढेका हुन् । नेपालमा दिनदहादै ठगी सम्बन्धी कानुन भएर पनि किन कारवाही हुंदैन अचम्मको विषयबस्तु बन्न पुगेको छ भने अर्कातिर उपभोक्ताहरुको अधिकारको लागि लड्ने संस्थाहरुको पनि प्रभावकारी भूमिका देखिएको छैन् । छिमेकी राष्ट्र भारतबाट आयात गरिएका कम तौलका ढक तराजुले बार ओगट्दै जाने हो भने मुलुकमा गंभिर अवस्था नआउला भन्न सकिंदैन ।
Comments
अरु समाचार
-
प्लास्टिकविरुद्ध पृथ्वी अभियानमा ग्लोबल आइएमई बैंकको ऐक्यबद्धता, खपत कम गर्ने
काठमाडाैं । प्लास्टिकको खपत कम गरिने ग्लोबल आइएमई बैंकले 'प्ल्यानेट भर्सेस प्लास्टिक' (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरूरी छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइटी क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन्। बिहीबार काठमाडौंमा...
-
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् ।...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
नौ महिनामा एक अर्ब ७८ करोड राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका नौ महिनामा रु एक अर्ब ७८ करोड ९८ लाख राजस्व सङ्कलन गरेको...
-
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवकाे जोड
काठमाडौँ, १८ वैशाखः उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिलाई जोगाइराख्न संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय विकास...