सरकारी वकिलको आन्दोलनका कारण मुद्दाको सुनुवाई प्रभावित
काठमाडौं, १० माघ । सरकारी वकिलहरुको आन्दोलनका कारण देशभरका अदालतमा सरकार पक्ष रहेका मुद्दाहरु प्रभावित भएका छन् । उच्च अदालतमा न्यायाधीश नियुक्तिका क्रममा सरकारी वकिलहरुको पर्याप्त प्रतिनिधित्व हुन नसकेको भन्दै महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन संगठनहरुले इजलाश बहिस्कारको घोषणा गरेका हुन् ।
सरकारको कानूनी प्रतिरक्षा गर्ने महान्यायाधिवक्ता स्वयंले सरकारी वकिलहरुको आन्दोलनमा समर्थन गरेका छन् । ‘न्यायाधीश नियुक्तीका क्रममा सरकारी वकिलहरुलाई छ, उनीहरुले गरेको आन्दोलनमा मेरो पनि समर्थन छ,’ महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले भने, ‘आन्दोलनका कारण अदालतमा गएर मुद्दाको प्रतिरक्षा गर्ने अवस्था नै छैन ।’ उनले न्यायाधीश नियुक्तिका क्रममा दक्ष, अनुभवी र सक्षम सरकारी वकिलहरुलाई पाखा लगाइएको गुनासो यथार्थ भएको बताए ।
सरकारी वकिलहरुको प्रतिनिधित्व हुन नसक्दा सर्वोच्चदेखि जिल्ला अदालतसम्म सरकारवादी हुने फौजदारी मुद्दाहरुको सुनुवाई प्रभावित भएको छ । त्यसैगरी सरकारलाई विपक्षी बनाइएको रिट तथा अन्य निवेदनहरुको सुनुवाई पनि प्रभावित बनेको छ । सर्वोच्च अदालतको पेशी सूचीमा रहेका सरकार पक्ष/विपक्षमा हुने मुद्दाहरु स्थगित भएका थिए ।
सर्वोच्च अदालतले भने सरकारी वकिलहरुको आन्दोलनका कारण कारण मुद्दाहरुको सुनुवाईमा कुनै प्रभाव नपरेको जनाएको छ । सह प्रवक्ता विश्वराज पौडेलले पेशीमा रहेका मुद्दाहरुको सुनुवाई नियमित रुपमा भइरहेको प्रतिक्रिया दिए ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...