ताजा समाचार

सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ ।

कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकले छानबिन समितिको कार्यादेश (टीओआर) बनाउने छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलको हिजो बालुवाटारामा बसेको बैठकले सहकारी ठगी प्रकरणमा छानबिनका लागि समिति गठन गर्ने सहमति भए लगत्तै कार्यदल बनाइएको थियो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिएकाले नाम किटेरै समिति गठन गर्नुपर्ने माग राख्दै पटक पटक संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org