सरकारी वकिलले न्यायाधीश नियुक्तिको बचाउ नगर्ने
महान्यायाधिवक्ता तथा वरिष्ठ सरकारी वकिलसँग मंगलबार भएको वार्ताको एक दिनपछि न्यायपरिषद्ले उक्त प्रतिबद्धता व्यक्त गरे पनि बुधबार इजलास बहिष्कार चौथो दिन पनि जारी रह्यो। महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ट्रेड युनियनले असहयोग आन्दोलन जारी राखे।
न्यायपरिषद्को आश्वासनलाई सकारात्मक रूपमा लिँदै महान्यायाधिवक्ता कार्यालयका ट्रेड युनियन तथा सरकारी वलिकले बिहीबारबाट इजलासमा फर्कने घोषणा गरे पनि उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तिविरुद्ध परेका मुद्दामा न्यायपरिषद्को बचाउ नगर्ने अडान लिएका छन्।
परिषद्को न्यायाधीश नियुक्ति निर्णय समानुपातिक समावेशीको सट्टा राजनीति, आफन्त र स्वार्थबाट प्रेरित भएको भन्दै सर्वोच्चमा तीनवटा रिट दायर भएका छन्। यी रिटसँगै परिषद्विरुद्ध दायर पुराना रिट पनि विचाराधीन छन्। ‘आन्दोलन स्थगनमात्र हो, फिर्ता लिइएको होइन’, सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले भने।
मंगलबार लामो छलफल भए पनि परिषद्बाट प्रतिबद्धतासहितको विज्ञप्ति आउन ढिलाइ भएकाले आन्दोलन स्थगन कार्यक्रम एक दिन पर सरेको पौडेलले बताए। बहस बहिष्कारका कारण अदालतमा पालो कुरेर बसेका सरकारवादी फौजदारी मुद्दाका हजारौं सेवाग्राही भने मर्कामा परेका छन्। परिषद्ले अबेर विज्ञप्तिमार्फत न्यायाधीश सिफारिसमा संविधान र न्यायपरिषद् ऐनले तोकेका आधारलाई ध्यान दिने प्रतिबद्धता जनाएपछि सरकारी वकिल र ट्रेड युनियनले बिहीबारदेखि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगन गर्ने निर्णय लिएका छन्।
तर हालको नियुक्तिमा परिषद्बाट सरकारी वकिलको अस्तित्व मेट्ने काम भएको भन्दै उनीहरूले परिषद्विरुद्ध सर्वोच्चमा परेको रिटमा प्रतिरक्षा भने नगर्ने जनाएका छन्। परिषद्ले न्यायाधीश नियुक्तिमा परिषद् ऐन, २०७३ को दफा ५ ले तोकेका आधारलाई ध्यानमा राखिने विज्ञप्तिमा जनाएको छ। उक्त दफामा समानुपातिक समावेशी सिद्धान्तबमोजिम नियुक्तिका लागि न्यायाधीश सिफारिस गरिने उल्लेख छ।
Comments
अरु समाचार
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...