ताजा समाचार

६८ औँ गणतन्त्र दिवस मनाउँदै भारत

काठमाडौं,१३ माघ । भारतले आज ६८ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाउँदैछ । ब्रिटिस साम्राज्यको अन्त्य भई गणतन्त्र भारतको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २६ तारिखका दिन यो दिवस मनाउने गरेको छ ।
दिवशको अवसरमा राजधानी नयाँदिल्लीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । सैन्य शक्ति समेत प्रर्दशनी गर्दै आएको भारतले दिवसका अवसरमा विशेष सुरक्षा सतर्कता अपनाएको छ । दिल्लीको राजपथमा हुने विशेष शैन्य परेड कार्यक्रममा राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरवन्दी केजरीवाल लगायत उच्च पदस्थ अधिकारी सहभागी हुनुहुनेछ । भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायगतले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org