काठमाडौं आएपछि मात्रै विजुली देखेका कुलमान घिसिङको जीवन यात्रा
राजधानीलाई लोडसेडिङ्गमुक्त बनाएर एकाएक चर्चामा आएका पात्र हुन् कुलमान घिसिङ । आम सर्वसाधरण यतिबेला कुलमान घिसिङप्रति कृतज्ञ छन् । उनी नेपाल विद्युत प्राधिकरणमा गत भदौ अन्तिममा नियुक्त भएका थिए । प्राधिकरणको नेतृत्व सम्हालेको दुई महिनामै उनले जादुमय तरिकाले राजधानीलाई लोडसेडिङ्गमुक्त बनाइदिए। लोडसेडिङ्ग अन्त्यको नारा लगाएर विगतमा राजनीतिक दलका धेरै नेताले चुनाव जिते, कति सरकार बने, कति मन्त्री बने । तर, लोडसेडिङ्ग अन्त्य गर्ने नारा नारामै सीमित भएको थियो । तर, विद्युत प्राधिरकणको नेतृत्व सम्हालेलगत्तै चोरी र चुहावट रोकेरै उनले राजधानीलाई झलमल्ल पारिदिएका छन् ।
‘जादुमय’ काम गर्ने कुलमान आखिर को हुन त ?
कुलमान घिसिङ रामेछापको एउटा दुर्गम गाउँ बेथानमा जन्मिएका हुन् । उनको प्राथमिक शिक्षा गाउँमै वित्यो। विकट गाउँमा जन्मिएकाले टुकी बालेर पढ्दा निधारमा झरेको उनको कपाल धेरै पटक जल्यो । नाकमा धेरैपटक कालो ध्वाँसो बस्यो । ५ कक्षा पास गरेपछि उनी दाइहरुसँग काठमाडौं आए । जब कुलमान काठमाडौँ आए त्यसपछि मात्रै उनले यहाँ विजुली देखेका हुन् । ‘मैले काठमाडौं आएपछि नै हो, बिजुली देखेको ।’ उनी भन्छन्, ‘गाउँमा मट्टितेलवाला टुकी बालेर पढिन्थ्यो । कहिलेकाहीँ निधारसम्म झरेको कपाल जल्थ्यो कहिले नाकभरि ध्वाँसो बस्थ्यो ।’
काठमाडौँ आएपछि उनले बालसेवा माध्यमिक विद्यालयमा र पछि अमरआस बोर्डिङ स्कुलमा पढे। अस्कल क्यापसबाट आईएस्सी गरेपछि उनी छात्रवृत्तिमा भारतमा जम्सेदपुरबाट सन् १९९४ मा इलेक्ट्रीकल इन्जिनियरिङ गरे। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमाण्ड साइड म्यानेजमेन्ट’मा थेसिस गरेका उनले पोखरा विश्वविद्यालयबाट इएमबीए पनि गरेका छन्। यसर्थ कुलमान एउटा इन्जिनियरमात्रै होइनन् उनी एक कुशल व्यवस्थापक पनि हुन् । उनको पढाइ र कामको तादाम्यताले पनि अहिले मुर्त रुप पाएको छ ।
पेशागत यात्रा
सुन्नलाई कुलमान घिसिङ नसुनेको नाम होइन । उनी यसअघि पनि विवादमा आइसकेका व्यक्ति हुन् । तर, यसअघि उनी राजनीतिक खिचातानीको सिकार भएका थिए ।
कसरी राजनीतिक ढाल बने ?
सन् १९९४ मा इन्जिनियरिङ सकेपछि करिव ०५१ तिर उनी स्वदेश फर्केर नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इन्जिनियर भए । प्राधिकरणमा काम गर्दागर्दै कुलमानले रसुवाको चिलिमे विद्युत परियोजनाको जिम्मेवारी पाए । चिलिमे हाइड्रो पावरको प्रबन्ध निर्देशक हुँदा चिलिमेकै आम्दानीबाट तीन वटा अन्य आयोजनाहरूको निर्माण सुरु गरेका उनी पछि सो योजनाबाट हटाइए । त्यतिबेला उनी तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीको दबाबमा जिम्मेवारीबाट हटाइएका थिए । आयोजनाबाट हटाइएर प्राधिकरणको केन्द्रमा आएपछि उनले करिब दुई वर्षसम्म कुनै जिम्मेवारी पाएनन् ।
प्राधिकरणको प्रबन्ध निर्देशक
११औँ तहका कर्मचारी रहेका घिसिङ गत भदौ २९ गत नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भए। प्राधिकरणको निर्देशकमा नियुक्त भएपछि उनी जादुमय तरिकाले राजधानीलाई लोडसेडिङ्गमुक्त बनाएर चर्चामा छन् । यसबाट उनले मुलुकमा तत्काल लोडसेडिङ्ग अन्त्यको सम्भावनामात्रै पुष्टि गरेनन्, यहाँ बर्षौदेखि सर्वसाधरणलाई मारमा पारेर सीमित व्यक्तिले विजुलीको व्यापार गरिरहेको कुराको समेत सांकेतिक पर्दाफास गरेका छन् । साँच्चै देश र यहाँका नागरिकप्रति समर्पित भएर काम गर्ने हो भने धेरै कुराको सम्भाव्यता रहन्छ भन्ने कुराको उदाहरण कुलमानले देखाएका छन् ।
Comments
अरु समाचार
-
दोदा नदीमा डुबेर दुईजनाको मृत्यु
काठमाडौं । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला...
-
वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
काठमाडौं । जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी...
-
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट
काठमाडौं । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन् । सोही गाउँपालिका–३ जुकोटको...
-
ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
काठमाडौं । डडेल्धुरामा गए राति ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बागमती...
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
पत्रकार सुरक्षित नभई प्रेस स्वतन्त्रताको ‘ग्यारेन्टी’ हुन सक्दैन : कानुनमन्त्री गिरी
काठमाडाैव । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार सामाजिक र आर्थिक रूपमा सुरक्षित नभएसम्म निष्पक्ष रूपमा समाचार सम्प्रेषण...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...