ताजा समाचार

अमेरिकी संसदमा डिभी चिठ्ठा बन्द गर्ने विधेयक पेश भएपछि नेपालीहरु रुवाबासी

 

काठमाडौं २८ माघ । अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् ।

यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए ।

यसैबीच विधेयक पास भयो भने अमेरिका जाने सपना चक्नाचुर हुने भन्दै सामाजिक सञ्जालमा नेपालीहरुले दुःख व्यक्त गरेका छन् ।

नेपालीहरु युरोप र अमेरिकालाई सपनाको शहर ठान्छन् । नेपालमा दुःख गरिरहेको नेपालीलाई अमेरिका पुग्ने रहर कसो नहोला र ? ‘हाइफाइ लाइफस्टाइल’, उच्च स्तरिय प्रविधि, गगनचुम्बी भवन, सफाचट सडक, ब्यस्त र रमाइलो दैनिकी अमेरिकाको पहिचान हो ।

तर न्यून स्तर भएका नेपालीहरुका निम्ती अमेरिका पुग्न त्यति सहज छैन् ।

अमेरिकी इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा ‘इडिभी’मा आवेदन दिएपछि सार्वजनिक भएको नतिजाले भने न्यून स्तरका नेपालीलाई पनि अमेरिका पुराइदिएको छ ।

यद्यपि, चिठ्ठा परेर भाग्य चम्किएका नेपालीहरुका निम्ती अमेरिका पुग्न खुसी र झन्झट उत्तिकै व्यहोर्नु पर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org