दार्जिलिङबाट छुट्टियो कालिम्पोङ, अब के हुन्छ ?
काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता वेनर्जीले घोषणा गरेको १४ महिनापछि कालिम्पोङ अलग जिल्ला बनेको छ । यसअघि दार्जिलिङ जिल्लाभित्र रहेको ‘हिल स्टेसन’ कालिम्पोङ मंगलबारदेखि पश्चिम बंगालको २१ औं जिल्ला बनेको हो ।
बंगालको कान्छो जिल्ला घोषणा गर्न कालिम्पोङ पुगेकी मुख्यमन्त्री वेनर्जीले मेला मैदानमा भनिन्,‘टेक केयर अफ माइ न्यू वोर्न वेवी ।’ उनले कालिम्पोङको खानेपानी समस्या सुल्झाउन ५० करोड रुपैयाँ प्रदान गर्ने घोषणा पनि गरिन् ।
विधानसभाका विधायक तथा जनआन्दोलन पार्टीका अध्यक्ष हर्कबहादुर क्षेत्रीले गत नोभेम्बरदेखि कालिम्पोङलाई अलग जिल्ला बनाउने अभियान सुरु गरेका थिए । क्षेत्रीले आफ्नै पहिलकदमीबाट कालिम्पोङलाई जिल्ला बनाउन राज्य सरकारसँग प्रस्ताव गरेका थिए । ‘कालिम्पोङलाई जिल्ला बनाउने राज्य सरकारको कदम प्रशंसनीय छ’, क्षेत्रीले भने, ‘कालिम्पोङ दार्जिलिङको अधिनबाट टाढा बस्न चाहिरहेको थियो ।’
अलग राज्य गोर्खाल्याण्डको माग असफल पार्न नेपालीभाषीबीच ‘फुटाउ र राज गर’ नीति अपनाएकी वेनर्जीले एकदर्जन जति जातीय बोर्ड नै गठन गरिसकेकी छन् । अब कालिम्पोङलाई पनि दार्जिलिङबाट अलग्याएपछि गोर्खाल्याण्ड आन्दोलन स्वतस् कमजोर बनाउने ममताको खेल रहेको गोर्खा जनमुक्ति मोर्चाका एक नेताले बताए । दार्जिलिङसहित मिरिक, कालिम्पोङ र खरसाङ दार्जिलिङ जिल्लाका मुख्य सहर हुन् । कालिम्पोङ अलग्गै जिल्ला बनेपछि दार्जिलिङको क्षेत्रफल साँघुरिएको छ ।
कालिम्पोङ सन् १७०० सम्म सिक्किमको एक भाग थियो । १८औं शताब्दीको प्रारम्भतिर भुटानले युद्धमार्फत् यसलाई कब्जा गरेको थियो । एङ्लो–भुटान युद्धपछि सन् १८८५ मा यसलाई दार्जिलिङमा गाभिएको इतिहास छ । करिब दुई सय वर्षपछि कालिम्पोङ पुनस् दार्जिलिङबाट अलग्गिएको हो ।
गोजमुमोले सिंगो दार्जिलिङ जिल्लासहित तराईको सिलिगुडी र टिष्टापारिको डुबर्सलाई गोर्खाल्यान्डको मानचित्रमा अटाउनुपर्ने जिकिर गर्दै आएको थियो । तर, नेपालीभाषी बाहुल्य क्षेत्र कालिम्पोङ पनि दार्जिलिङबाट अलग्गिएपछि गोर्खाल्याण्ड मागको दाबी कमजोर बन्न सक्ने विज्ञहरुको भनाइ छ ।
Comments
अरु समाचार
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
आजको राशिफलः २०८१ असोज ३ गते बिहीवार
मेष: टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
सुख्खा पहिरोले महाकाली राजमार्ग अवरुद्ध
काठमाडौं । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा...