ताजा समाचार

कोरियन भाषा परीक्षा : चैत ९ देखि आवेदन लिने

काठमाडौं । आगामी वर्ष सन् २०१८ का लागि रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत कोरियन भाषा परीक्षाको तयारी भएको छ । आगामी चैत ९ गतेबाट फारम भर्न खुला गर्ने प्रस्ताव गरिएको छ । चैत ९ देखि १८ गतेसम्म फारम भर्ने समय तोकिएको छ । बिगतमा जस्तो यो वर्ष फारम बुझाउन लाइनमा बस्नु पर्नेछैन । अनलाईनबाटै फारम भर्ने प्रणाली विकास गरिएको छ ।
गत वर्ष करिव ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए । यो वर्ष अझ बढ्ने अनुमान गरिएको छ ।

अनलाईनबाट घरमै बसेर फारम भर्न सकिने छ । कोरिया सरकारले सन् सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार लान थालेको हो । मासिक न्यूनतम १ लाखदेखि बढीमा ५ लाख रुपैयाँसम्म कमाइ हुने भएकोले कोरिया रोजगारीका लागि आकर्षक मानिदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org